Janakpurdham
Sat, Oct 17, 2026
`

मधेश प्रदेशका किसानलाई सूचीकरणमा सहभागी हुन आग्रह, अनुदान पाउन पहिचान आवश्यक – मन्त्री सिंह

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, माघ ३० गते ।  मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले किसानहरूको पहिचान सुनिश्चित गर्न किसान सूचीकरण कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

मंगलबार जनकपुरधाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री क्षेत्रीले किसानहरूको उचित पहिचान नभएसम्म सरकारले प्रदान गर्ने अनुदान र सेवासुविधा प्राप्त गर्न कठिन हुने बताएका छन्।
किसान आयोगका अनुसार मधेश प्रदेशमा कृषि गणनाअनुसार ३.३ लाख किसान छन्। तर, हालसम्म केवल ८० हजार ७६४ किसानले मात्र आफ्नो नाम सूचीकरण गराएका छन्। मन्त्री क्षेत्रीले स्थानीय, प्रदेश र संघीय सरकारको सहकार्यमा यो कार्यक्रम प्रभावकारी बनाउन जनचेतनामूलक अभियान आवश्यक रहेको बताए।
किसान आयोगका सदस्य मञ्जु धिमालका अनुसार उचित सूचीकरण नहुँदा सरकारी सहायता वास्तविक किसानहरूले नपाउने गुनासो आइरहेको छ। उनले किसानहरूलाई सचेत भई अनिवार्य रूपमा दर्ता प्रक्रियामा सहभागी हुन आग्रह गरे।

कार्यक्रममा विभिन्न वक्ताहरूले कृषिलाई प्राथमिक पेशाका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। किसान आयोगका सदस्य टेकबहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डा. रामनन्दन तिवारीले किसान सूचीकरणको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गरे।धनुषा, महोत्तरी, सिरहा, र सप्तरीका जनप्रतिनिधि तथा किसानहरूको उपस्थितिमा भएको छलफलले किसान सूचीकरणको आवश्यकतामा नयाँ बहस जन्माएको छ।

`
12 comments
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

12 घन्टा पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

13 घन्टा पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

1 दिन पहिले

राष्ट्रपतिसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेà..

काठमाडौं, असाेज २९ : राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ।  आà¤..

1 दिन पहिले

कांग्रेस गण्डकीको खुलातर्फ श्रेष्ठ अगाडि, युवा खुलामा सà..

काठमाडौं, असोज २९ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको मतगणनामा ख..

1 दिन पहिले