Janakpurdham
Tue, Sep 29, 2026
`

नेपालीहरूको जीवन करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित छ : राष्ट्रपति पौडेल

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, असार १६ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन्। 

रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य, सदभाव र सहिष्णुताले असल मार्गमा हिड्न प्रेरित गर्ने बताए। 

‘यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्तरुप दिएर विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो,’ उनले भने।

राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म हो भन्ने आफूलाई लागेको भन्दै विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिदो परिवेशमा अझ सान्दिर्भक हुँदै गएको बताए। 

‘खासगरी समाजसेवा, मानवता र शान्तिको अभियानमा तपाईँहरूको योगदान प्रशंसनीय छ किनकी यो संस्था सेवा, मित्रता, सद्भाव र विश्वमानवतामा आधारित एउटा विश्वव्यापी अभियान पनि हो जसका सदस्यहरू समाज रुपान्तरणको सत्कार्यमा सक्रिय छन्,’ उनले भने। 

कार्यक्रममा १४ जना पूर्वडिस्ट्रिक गर्भनर तथा क्लबका संस्थापक अध्यक्षलाई सम्मान गरिएको थियो।

 

साभार: काठमाडौं प्रेस

`
12 comments
एनपीएलअघि एक्सट्रीमको अभियान, कीर्तिपुरमा सात टोलीका लà¤..

काठमाडौं, असोज १२ गते ।  नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम इनर्जी ड्रà¤..

13 घन्टा पहिले

रबैया यस्तै रहे सरकारले यसको मूल्य चुकाउनु पर्छ : प्रचण्à¤..

काठमाडौं, असोज १२ : बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने टि..

13 घन्टा पहिले

पशु बधशाला ऐन प्रभावकारी रूपमा लागू गर्नुपर्छ : मन्त्री à¤..

काठमाडौं, असाेज १२ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु बधशाला तथा मासु जाँचसम्बन्धी कानुन प्रभावकार..

13 घन्टा पहिले

पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले छाड्यो

काठमाडौं, असोज ११ : सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ।  आइतà¤..

2 दिन पहिले

मलेखु–मुग्लिङ सडक खण्ड : १० स्थानमा अवरोध, यात्रा नगर्न आà..

काठमाडौं, असाेज ११ : लगातारको वर्षाका कारण पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका १० भन्दा बढी स्थाà¤..

2 दिन पहिले