जनसम्पर्क समितिको महाधिवेशन केन्द्रीय निर्वाचन समितिको प्रतिनिधिको उपस्थितिमै गर्न कांग्रेसको निर्देशन
3 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार १७ : नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूलाई केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमै महाधिवेशन गर्न निर्देशन दिएको छ।
वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा बुधबार ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले २०८२ चैत ११ गते गरेको निर्णयअनुसार १५औँ महाधिवेशनको तयारीस्वरूप विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूको महाधिवेशन २०८३ साल साउन मसान्तभित्र सम्पन्न गर्ने कार्यतालिकालाई कार्यान्वयन गर्न आवश्यक निर्देशन जारी गरेको जनाएको छ।
निर्वाचन समितिका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा १४(३) मा जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा हुनुपर्ने स्पष्ट व्यवस्था छ।
सोही व्यवस्थाअनुसार विदेशस्थित जनसम्पर्क समितिहरूले महाधिवेशनअघि सदस्यताको विवरण अनिवार्य रूपमा केन्द्रमा पठाई पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट स्वीकृति लिनुपर्नेछ। त्यसपछि मात्रै निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाउने व्यवस्था रहेको समितिले जनाएको छ।
निर्वाचन समितिले महाधिवेशनको मिति तय भएपछि समयमै केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराउन तथा समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्र महाधिवेशन सम्पन्न गर्न सबै विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई परिपत्र गर्ने निर्णय गरेको छ।
कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारीलाई व्यवस्थित, पारदर्शी र विधानसम्मत बनाउन विदेशस्थित पार्टी संगठनहरूको अधिवेशनलाई समेत निर्धारित प्रक्रिया र कार्यतालिकाअनुसार अघि बढाउने तयारी गरेको छ।
साभार: काठमाडौं प्रेस
अन्तर्राष्ट्रिय छवि शून्यमा पुर्याउनेहरूले प्रधानमनà¥..
काठमाडौं, असाेज १३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद टीका संग्रौलाले प्रधानमन्त्री बालेन्द्र शाहको ..
18 घन्टा पहिले
दुई दिनपछि सर्यो कांग्रेसको १५औँ महाधिवेशन
काठमाडौं, असोज १३ : नेपाली कांग्रेसको १५औँ महाधिवेशन दुई दिनपछि धकेलिएको छ। महाधिवेशन यही असोज १८ गतेका लागि सारिà..
18 घन्टा पहिले
एनपीएलअघि एक्सट्रीमको अभियान, कीर्तिपुरमा सात टोलीका लà¤..
काठमाडौं, असोज १२ गते । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण सुरु हुनुअघि एक्सट्रीम इनर्जी ड्रà¤..
2 दिन पहिले
रबैया यस्तै रहे सरकारले यसको मूल्य चुकाउनु पर्छ : प्रचण्à¤..
काठमाडौं, असोज १२ : बिनाकारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी रहे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने टि..
2 दिन पहिले
पशु बधशाला ऐन प्रभावकारी रूपमा लागू गर्नुपर्छ : मन्त्री à¤..
काठमाडौं, असाेज १२ : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले पशु बधशाला तथा मासु जाँचसम्बन्धी कानुन प्रभावकार..
2 दिन पहिले