Janakpurdham
Sat, Aug 08, 2026
`

जनकपुरधामका महिला जनप्रतिनिधिलाई संस्थागत विकास सम्बन्धी चार दिने तालिम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

्बटुकनाथ झा । जनकपुरधाम, १८ गते कार्तिक महिला जनप्रतिनिधिहरुको व्यक्तित्व र नेतृत्व विकास क्षेत्रमा काम गरिरहेको माण्डवीले जनकपुरधाम उपमहानगरपालिकाका २२ जना महिला जनप्रतिनिधिहरुका लागि तेस्रो मोडयुलको चार दिने प्रारम्भिक तालिम शुक्रबार सम्पन्न भएको छ। महिला जनप्रतिनिहिरुलाई संस्थागत विकास तर्फ तेस्रो मोड्युलको प्रशिक्षण अन्तगरगत व्यक्तिगत विकासका लक्ष्यहरु र कार्य योजना,समुदाय परिचालन, विकास,सञ्चार माध्यम संग सहकार्य,समुहगत कार्य, बैठकको योजना व्यवस्थापन, स्थानीय तहको विधायिकी कार्य प्रणाली, सक्रिय सुनाई तथा सञ्जाली कारण गरी कुल ९ विषयमा तालिम दिईने माण्डवीका अनुगमन अधिकृत रिंकु कुमारी चौधरीले जानकारी दिनुभयो । सो तालिमको समापन सत्रमा साझेदार संस्था आईएफईएसका ड्प्युटी कन्ट्री डाइरेक्टर(उपदेश निर्देशक) राधिका रेग्मीलाई सहभागी महिला सदस्यहरुले चार दिनमा सिकेका जानकारीहरु भन्न लागउनु भएको थियो । सहभागीहरुले सिकेका विभिन्न ९ वटा विषयका बारेमा सहजै जानकारी दिएका थिए । आफुहरुले यो तालिम पाएकार नेतृत्व सम्बन्धी सामान्य देखि महत्वपुर्ण जानकारीहरु हासिल गरेको सहभागी महिला जनप्रतिनिधिहरुले जानकारी गराएका थिए । सहभागी महिला जनप्रतिनिधहरुलाई प्रशिक्षक सम्झना बर्मा तथा अनुगमन अधिकृत रिंकु कुमारी चौधरीले प्रशिक्षण दिनुभएको थियो । स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा भएको सो प्रशिक्षणमा दुबै जना प्रशिक्षकले महिला जनप्रतिनिधिहरुलाई नगरपालिकामा महिला संग जोडिएका विषयहरु प्राथमिकताका साथ उठाउन गरी संस्थागत विकासका लगायतका विषयमा प्रशिक्षण दिईरहेको अनुगमन अधिकृत चौधरीले जानकारी दिनुभयो । यो भन्दा पहिला दोस्रो चरणको प्रशिक्षणमा सहभागीहरुलाई प्रस्तुतीकरण र सार्वजनिक वक्तव्य सीप,सरोकारबलाहरुसंगको सहकार्य, लैँगिकता र लैँगिक समानता, नियमन,महिला नेतृत्वको परिचय, आत्म विस्वासको अभिबृद्धि, स्थानीय शासन र स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुको भुमिका, राजनीति तथा निर्णय प्रक्रियामा महिला सहभागीताको महत्व लागयतका विषयमा प्रशिक्षण सम्पन्न भईसकेको छ । शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत तेस्रो चरणमा धनुषाका क्षिरेश्वरनाथ नगरपालिका,गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका तथा मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका महिला जनप्रतिनिधिहरुलाई चार दिने प्रशिक्षण सम्पन्न भईसकेको चौधरीले जानकारी दिनुभयो ।

 
 

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

13 घन्टा पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

13 घन्टा पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

2 दिन पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

2 दिन पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

3 दिन पहिले