Janakpurdham
Sun, Oct 11, 2026
`

जलवायु सहनशील पशुपालन अभ्यासलाई अपनाउनु पर्नेमा बिज्ञहरुको जोड

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ,फागुन ७ गते । जलवायु परिर्वतनका कारण कृषिका साथसाथै पशुपालनको क्षेत्रमा समेत विभिन्न खालका प्रभावहरु पर्न थालेकाले पशुपालकहरुले अगामी दिनमा जलवायु सहनशील पशुपालन अभ्यासलाई अपनाउनु पर्नेमा बिज्ञहरुले जोड दिनु भएको छ ।


एफ.ए.ओ.को सहयोगमा केन्द्रिय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालले धनुषाको नक्टाझिझमा आयोजना गरेको जलवायु स्मार्ट डेरी उत्पादन अभ्यासहरुको प्रयोग सम्बन्धि सरोकारवाला विचको अन्तरक्रिया कार्यक्रममा बिज्ञहरुले यस प्रकार जोड दिनु भएको हो । कार्यक्रममा विषय विज्ञ श्याम यादवले जलवायु परिवर्तनका कारण तापक्रम अधार रेखा भन्दा एक डिगरी सेल्सियसले बढदा पशुहरुको फिड इन्टेक करिव तिन प्रतिशत देखि पाँच प्रतिशत सम्मले घटाउने गरेको कारण खर्चमा वृद्धि र दूध उत्पादन घटने गरेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको कारण पशुहरुमा ५८.३ प्रतिशत उत्पादन र ६३.३ प्रतिशत प्रजनन् स्तरमा कमी हुने प्रतिवेदनहरु समेत आएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको प्रभाव तापक्रमले गाईको गर्भाधारण दरमा २० प्रतिशत देखी २७ प्रतिशतले कमी आएको बताउनु भयो । कार्यक्रममा पशु विज्ञ एवम दुग्ध विकास वोर्ड मधेश प्रदेशका उपाध्यक्ष डा. शम्भू साहले जलवायु परिवर्तनका कारण पशुहरुमा आन्तरिक परजीवीहरुको संक्रमण बढने र तापक्रमले भेक्टरबोर्न रोगहरुको सम्भावना रहने गरेको भन्दै पशुपालकले दिगो पशुपालन विधिहरु अपनाँउदा हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तनका असरहरुलाई कम गर्न मद्दत गर्ने बताउनु भयो ।


कार्यक्रममा विज्ञहरुले माटोको स्वास्थ्य सुधार गर्न घुमती चरण र कृषि वनस्पति जस्ता अभ्यासहरुले माटोको स्वास्थय सुधार गर्न मद्दत गर्ने भन्दै जलवायु सहनशील पशुपालन कार्यक्रमहरुले महिलाको सशक्तिकरणमा मद्दत पुग्ते बताएका थिए । कार्यक्रममा केन्द्रिय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रिय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालका बरिष्ठ उपाध्यक्ष नथुनी यादव, हेफर इन्टरनेशनलका प्रविण सिंह सहितकाले जलवायु परिवर्तनवाट पशुपालन र डेरी उत्पादनमा देखिएको असरवाट जोगिन किसिमले योजनाबद्ध रुपमा कामगर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा धनुषाको विभिन्न पालिकाका पशुपालक किसान र डेरी संचालकहरुको सहभागिता रहेको थियो ।

`
12 comments
कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

काठमाडौं, असाेज२४ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट पार्टीको नयाँ सभापतिमा गगनकुमार ..

10 घन्टा पहिले

शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका चुनौती र अवसरक..

काठमाडौँ, असाेज २४ : राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षा प्रणालीले विद्यार्थीलाई केवल वर्तमानका लागि माà¤..

10 घन्टा पहिले

मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौँ, नपारà..

काठमाडौं, असोज २३ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर विभिन्न उम्मेदवारहरूको सूची प्रचारà..

1 दिन पहिले

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनश..

काठमाडौँ, असोज २३ : सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वको समय..

1 दिन पहिले

नेपालले आफ्ना उत्पादनलाई ब्राण्डिङ गरेर विश्व बजारमा लà..

काठमाडौं, असाेज २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले नेपालले आफ्ना मौलिक उत्पादन, पहिचान र सà¤..

2 दिन पहिले