जलवायु सहनशील पशुपालन अभ्यासलाई अपनाउनु पर्नेमा बिज्ञहरुको जोड
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम ,फागुन ७ गते । जलवायु परिर्वतनका कारण कृषिका साथसाथै पशुपालनको क्षेत्रमा समेत विभिन्न खालका प्रभावहरु पर्न थालेकाले पशुपालकहरुले अगामी दिनमा जलवायु सहनशील पशुपालन अभ्यासलाई अपनाउनु पर्नेमा बिज्ञहरुले जोड दिनु भएको छ ।
एफ.ए.ओ.को सहयोगमा केन्द्रिय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालले धनुषाको नक्टाझिझमा आयोजना गरेको जलवायु स्मार्ट डेरी उत्पादन अभ्यासहरुको प्रयोग सम्बन्धि सरोकारवाला विचको अन्तरक्रिया कार्यक्रममा बिज्ञहरुले यस प्रकार जोड दिनु भएको हो । कार्यक्रममा विषय विज्ञ श्याम यादवले जलवायु परिवर्तनका कारण तापक्रम अधार रेखा भन्दा एक डिगरी सेल्सियसले बढदा पशुहरुको फिड इन्टेक करिव तिन प्रतिशत देखि पाँच प्रतिशत सम्मले घटाउने गरेको कारण खर्चमा वृद्धि र दूध उत्पादन घटने गरेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको कारण पशुहरुमा ५८.३ प्रतिशत उत्पादन र ६३.३ प्रतिशत प्रजनन् स्तरमा कमी हुने प्रतिवेदनहरु समेत आएको बताउनु भयो । उहाँले जलवायु परिवर्तनको प्रभाव तापक्रमले गाईको गर्भाधारण दरमा २० प्रतिशत देखी २७ प्रतिशतले कमी आएको बताउनु भयो । कार्यक्रममा पशु विज्ञ एवम दुग्ध विकास वोर्ड मधेश प्रदेशका उपाध्यक्ष डा. शम्भू साहले जलवायु परिवर्तनका कारण पशुहरुमा आन्तरिक परजीवीहरुको संक्रमण बढने र तापक्रमले भेक्टरबोर्न रोगहरुको सम्भावना रहने गरेको भन्दै पशुपालकले दिगो पशुपालन विधिहरु अपनाँउदा हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तनका असरहरुलाई कम गर्न मद्दत गर्ने बताउनु भयो ।
कार्यक्रममा विज्ञहरुले माटोको स्वास्थ्य सुधार गर्न घुमती चरण र कृषि वनस्पति जस्ता अभ्यासहरुले माटोको स्वास्थय सुधार गर्न मद्दत गर्ने भन्दै जलवायु सहनशील पशुपालन कार्यक्रमहरुले महिलाको सशक्तिकरणमा मद्दत पुग्ते बताएका थिए । कार्यक्रममा केन्द्रिय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष बलराम अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रिय पशुपन्छी मत्स्य सहकारी संघ लिमिटेड नेपालका बरिष्ठ उपाध्यक्ष नथुनी यादव, हेफर इन्टरनेशनलका प्रविण सिंह सहितकाले जलवायु परिवर्तनवाट पशुपालन र डेरी उत्पादनमा देखिएको असरवाट जोगिन किसिमले योजनाबद्ध रुपमा कामगर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा धनुषाको विभिन्न पालिकाका पशुपालक किसान र डेरी संचालकहरुको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्व..
काठमाडौं, भदौ ७ गते । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह..
19 घन्टा पहिले
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्नि..
काठमाडौं, भदौ ७ गते । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको ज..
19 घन्टा पहिले
जनकपुरमा गुठीको जग्गामा बनाइएका अतिक्रमित संरचनामा चल्..
जनकपुर, भदौ ६ : जनकपुरधामका राजगुठी अन्तर्गत रहेका पोखरी छेउछाउको जग्गामा अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चल..
2 दिन पहिले
गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्..
काठमाडौं, भदाै ६ : गृहमन्त्री सुधन गुरुङले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि गरिएको जघन्य हत्याको घटन..
2 दिन पहिले
नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक माथिको प्रस्ताव राष..
काठमाडौं, भाद्र ५ गते । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२ को सा..
3 दिन पहिले
-
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता
-
जनकपुरमा गुठीको जग्गामा बनाइएका अतिक्रमित संरचनामा चल्यो डोजर
-
गरिमा चौधरीका हत्यारालाई कारवाही हुन्छ तर ‘तत्काल मृत्युदण्ड’ असम्भव : गृहमन्त्री
-
नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक माथिको प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत