
चिकित्सा शब्दकोश लोकार्पण
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौँ — चिकित्सा विज्ञानका विभिन्न शब्दावलीलाई सर्वसाधारणले बुझ्ने भाषामा वर्णन गरिएको शब्दकोश ‘डिक्सनरी अफ मेडिकल, नर्सिङ एन्ड एलाइड हेल्थ’ (चिकित्सा शब्दसागर) को बुधबार काठमाडौंमा लोकार्पण गरिएको छ ।
विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दहाल, डा.कमल शर्मा लम्साल र डा. विपिन नेपालद्वारा संयुक्त रूपमा सम्पादित अंग्रेजीबाट अंग्रेजी र नेपालीमा वर्णन गरिएको शब्दकोश १ हजार ९ सय २० पृष्ठको छ । शब्दकोशमा चिकित्साशास्त्रसँग सम्बन्धित अंग्रेजी शब्दावलीलाई नेपाली भाषामा प्रस्ट्याइएको छ ।
शब्दकोषका संकलक डा. कमल लम्सालले शब्दकोष चिकित्सकका भाषा नेपालीमा बुझ्न सहज माध्यम हुने बताए । ‘अहिलेका धेरै चिकित्सक साथीहरुले अंग्रेजी भाषा नै प्रयोग गर्छन्, समाजमा चिकित्सकले जुन कुरा परिभाषित गर्न खोजिरहेको हुन्छ, त्यो कुरा सबैले बुझ्न सकेको हुँदैन,अप्ठ्यारो पर्छ,’ उनले भने, ‘शब्द नै धेरै अंग्रेजीमा हुने भएकाले जुन बुझाउन गाह्रो परिरहेको छ । यो शब्दसागरले त्यसलाई पक्कै पनि सहज बनाउनेछ ।’
चिकित्सा शब्दसागरको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. दिव्या सिंह शाह, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन प्रा.डा. राजेन्द्र कोजू, नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौला र नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डा. मोहनकृष्ण श्रेष्ठले लोकार्पण गरे । कृति तयार पार्न २०७१ भदौदेखि शब्द संकलनलगायतका प्रक्रिया सुरु गरिएको शब्दकोशका प्रमुख सम्पादक विनयकुमार शर्मा नेपालले बताए ।

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्..
काठमाडौं, भदौ २८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधा..
14 घन्टा पहिले
प्रतिनिधिसभा निर्वाचन फागुन २१ गते हुने
काठमाडौं, भदौ २८ : प्रतिनिधिसभा निर्वाचनको निर्वाचन आगामी २१ गतेका लागि घोषणा गरिएको छ। राष्ट्रपति रामचन्द्र प..
14 घन्टा पहिले
प्रतिनिधिसभा विघटन, फागुन २१ मा चुनाव घोषणा
काठमाडौं,भदौ २७ गते । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र..
1 दिन पहिले
सुशीलाले लिइन् प्रधानमन्त्रीको शपथ, ६ महिनाभित्र चुनाव ..
काठमाडौं ,भदौ २७ गते । जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् ।शीतल नि..
1 दिन पहिले
पूर्व राज्यमन्त्री सञ्जय टकलासहित नख्खु जेलबाट भागेका ..
काठमाडौं ,भदौ २६ गते । जेनजी आन्दोलनको दोस्रो दिन नख्खु कारागारबाट भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला (साह) काभ..
2 दिन पहिले