चिकित्सा शब्दकोश लोकार्पण
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ — चिकित्सा विज्ञानका विभिन्न शब्दावलीलाई सर्वसाधारणले बुझ्ने भाषामा वर्णन गरिएको शब्दकोश ‘डिक्सनरी अफ मेडिकल, नर्सिङ एन्ड एलाइड हेल्थ’ (चिकित्सा शब्दसागर) को बुधबार काठमाडौंमा लोकार्पण गरिएको छ ।
विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दहाल, डा.कमल शर्मा लम्साल र डा. विपिन नेपालद्वारा संयुक्त रूपमा सम्पादित अंग्रेजीबाट अंग्रेजी र नेपालीमा वर्णन गरिएको शब्दकोश १ हजार ९ सय २० पृष्ठको छ । शब्दकोशमा चिकित्साशास्त्रसँग सम्बन्धित अंग्रेजी शब्दावलीलाई नेपाली भाषामा प्रस्ट्याइएको छ ।
शब्दकोषका संकलक डा. कमल लम्सालले शब्दकोष चिकित्सकका भाषा नेपालीमा बुझ्न सहज माध्यम हुने बताए । ‘अहिलेका धेरै चिकित्सक साथीहरुले अंग्रेजी भाषा नै प्रयोग गर्छन्, समाजमा चिकित्सकले जुन कुरा परिभाषित गर्न खोजिरहेको हुन्छ, त्यो कुरा सबैले बुझ्न सकेको हुँदैन,अप्ठ्यारो पर्छ,’ उनले भने, ‘शब्द नै धेरै अंग्रेजीमा हुने भएकाले जुन बुझाउन गाह्रो परिरहेको छ । यो शब्दसागरले त्यसलाई पक्कै पनि सहज बनाउनेछ ।’
चिकित्सा शब्दसागरको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. दिव्या सिंह शाह, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन प्रा.डा. राजेन्द्र कोजू, नेपाल नर्सिङ परिषद्का अध्यक्ष प्रा. गोमादेवी निरौला र नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डा. मोहनकृष्ण श्रेष्ठले लोकार्पण गरे । कृति तयार पार्न २०७१ भदौदेखि शब्द संकलनलगायतका प्रक्रिया सुरु गरिएको शब्दकोशका प्रमुख सम्पादक विनयकुमार शर्मा नेपालले बताए ।
प्रधानमन्त्री शाहले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छल..
काठमाडौं, असार २४ : प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारसम्बन्धी विषय..
8 घन्टा पहिले
गोविन्दबहादुर कार्की बने मुख्यसचिव
काठमाडौं, असार २४: सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिव पदमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिष..
8 घन्टा पहिले
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.देवेन्द्र खत्री ..
काठमाडौं, असार २३ : चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा.देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा ..
1 दिन पहिले
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति (पूर्णपाठ)
काठमाडौं, असार २३ : नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गरेको छ। मंगलबार गभर्नर ड..
1 दिन पहिले
सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस..
काठमाडौं, असार २२ : सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर..
2 दिन पहिले