राजविराजमा ९ दिवसीय श्रीराम महायज्ञ सम्पन्न, लाखौं श्रद्धालुको सहभागिता
1 वर्ष पहिले प्रकाशित
Esandhyakalin
राजविराज, वैशाख २९ गते । गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र, राजविराजमा सम्पन्न हुँदै गरेको श्री सिताराम नाम 1008 मंडपीय संकीर्तन एवं श्रीराम चरित्र मानस 9 दिवसीय महायज्ञ समारोह देश तथा भारतका विभिन्न स्थानबाट हजारौं श्रद्धालुहरूलाई आकर्षित गर्न सफल भएको छ।
महायज्ञका प्रमुख अतिथिको रूपमा हिमाचल प्रदेश, काँगडा हिमालस्थित मठाधीश, जगद्गुरु शंकराचार्य श्री श्री 1008 श्री सारदानन्द सरस्वतीको विशेष उपस्थिति रहेको छ। यज्ञको सम्पूर्ण प्रमुख व्यवस्थापन दायित्व दिपेन्द्र चौधरीले सम्हाल्नु भएको छ भने गजेन्द्र मण्डल, गणपति पण्डित कुम्हार (अध्यक्ष), दिनेश यादब (सह–अध्यक्ष), हरेराम यादव (सचिव) लगायतका व्यक्तित्वहरूको सक्रिय भुमिका रहेका छन्।
वरिष्ठ अधिवक्ता श्याम मिश्रा र धर्मपत्नी वन्दना मिश्राको संयोजनमा मूल मंडप जिरो पंडालको व्यवस्था गरिएको छ। यज्ञको परिकल्पनाकार पगलाबाबा संरक्षक रहेका छन भने उहाँको सहयोगीको रूपमा अनिल झाको योगदान उल्लेखनीय रहेको छ।
महायज्ञमा भारतवर्षका 18 शंकराचार्यमध्ये एक हुनु भएका श्री श्री 1008 श्री सारदानन्द सरस्वतीको उपस्थितिले कार्यक्रमको धार्मिक र सांस्कृतिक महत्व अझै बढाएको छ।
यस भव्य यज्ञमा १५००० जना कीर्तनिया, १३ सदस्य रहने १३० वटा मण्डली, र हालसम्म ७ देखि ८ लाखसम्म श्रद्धालुको आगमन भइसकेको आयोजकले जनाएको छ। यज्ञ स्थल २० विघा क्षेत्रमा लाइटिङ, मंडप र पण्डालहरूको व्यवस्था गरिएको छ।
अनुमानित खर्च करिब ५ करोड रुपैयाँ रहेको बताइएको छ। यज्ञमा सहभागी अधिकांश कीर्तनिया मण्डलीले स्वयंपूर्ण भोजन व्यवस्था गरे पनि, आयोजकले प्रत्येक दिन १० हजार जनाका लागि भण्डारा सञ्चालन गरिरहेका छन्।
उत्तर प्रदेशको बनारसबाट एक आचार्यसहित ११ जना पण्डित, अयोध्याबाट रामलीला र रासलीलाको टोली, बिहारको मुजफ्फरपुरबाट 15 जना रामायणी लागि , तथा नेपाल भारतको खुला सिमाको कारण भारतका विभिन्न राज्यबाट यज्ञ सामग्री, गाजाबाजा र लाखौं श्रद्धालुको सहभागिता उल्लेखनीय रहेको छ।
बाहिरबाट आएका श्रद्धालुहरूको लागि २० हजार जनाको वासको व्यवस्था गरिएको छ।
यज्ञलाई अझ प्रभावकारी बनाउन एक महिना अगाडिदेखि सीताराम नाम जाप सञ्चालनमा रहेको आयोजक दिपेन्द्र चौधरीले जानकारी दिनुभयो।
आज दोस्रो अन्तिम दिन, यज्ञस्थलमा नेपाल सरकारका श्रम मन्त्री माननीय सरत सिंह भण्डारी, नेपाल–भारत खुला सिमा संवाद समूहका केन्द्रिय अध्यक्ष राजीव झा, नेपाल प्रेस युनियनका सल्लाहकार एबं नेपाल भारत खुला सिमा संवाद समुहको उपाध्यक्ष शैलेन्द्र झा, पत्रकार अभय शर्मा, क्लोथ बैंकका कार्यालय सचिव कृष्णकुमार साह, सदस्य सुदीपकुमार महतो लगायत विशिष्ट अतिथिहरूको पनि उपस्थिति रहेको थियो।
यो महायज्ञ केवल धार्मिक क्रियाकलाप मात्र नभई नेपाल–भारत सम्बन्ध, सांस्कृतिक एकता, खुला सिमा सद्भाव, र समुदायबीचको आपसी सहयोग र श्रद्धाको प्रतीक बनेको छ।
.jpg)
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
23 घन्टा पहिले
सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..
काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..
23 घन्टा पहिले
मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..
काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..
2 दिन पहिले
ग्यास अभाव समाधानबारे सरकार र व्यवसायीबीच छलफल
काठमाडौं, साउन १९ : पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलालाई लिएर प्रधानमन्त्री त..
2 दिन पहिले
साइबर अपराधमा वृद्धि, महिला र बालबालिकाको सुरक्षामा गम्..
काठमाडौं, साउन १८ : महिला तथा सामाजिक मामिला समितिको बैठकमा साइबर सुरक्षा सम्बन्धी विषयमा छलफल गरिएको छ । छलफलम..
3 दिन पहिले