Janakpurdham
Wed, May 06, 2026
`

विश्वको पहिलो आयुर्वेदाचार्य चरक ऋषि नेपालका हुन् : प्रधानमन्त्री

11 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुर ,जेठ २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वान पुर्खाका सन्तान भएकाले नेपाली विद्यार्थीको ‘जेनेटिक पावर’ सशक्त रहेको बताएका छन् ।

राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति ओलीले नेपालका विश्वविद्यालयबाट दीक्षित विद्यार्थीहरुले संसारको जुनसुकै विश्वविद्यालयमा गएर प्रतिस्पर्धा गर्न सक्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘नेपाल ज्ञानको भूमि हो । शैव र विश्वामित्रजस्ता पुरानो सभ्यता भएको मुलुक हो । विश्वको पहिलो आयुर्वेदाचार्य चरक ऋषि यही देशका हुन् । न्यूट्रनले गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाउनुअघि हाम्रा भाष्कराचार्यले ‘सिद्धान्त शिरोमणि’ पुस्तक वि.सं. १२१० मा निकालेका थिए । पूर्वीय दर्शन अन्धविश्वासमा आधारित हो भन्ने भ्रम दिन खोजिएको छ, त्यो सही छैन । यो त सिद्धान्त हो । अनुभूति, अनुभव र ज्ञानको संग्रहबाट सिद्धान्त बन्छ भन्ने आधारमा यो दर्शन रहेको छ । यस दर्शनका हिमायतीहरु विश्वमा कमजोर हुन सक्दैनन् ।’प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीलाई मेहनत गरेमा सफलता हात लाग्ने र रुचिको विषय पढ्ने अवसर प्राप्त भएमा हरेक विद्यार्थीले आफूभित्रको सम्भाव्यता प्रस्फुटित गराउने सक्ने बताए । 

उनले थपे, ‘तपाईँहरुले यहाँ पाउनुभएको ज्ञान र दीक्षाका आधारमा तपाईँहरु संसारको जुनसुकै विश्वविद्यालयमा प्रतिस्पधार्मा जान सक्नुहुन्छ । तपाईँहरुमा म पठित छु भन्ने घमण्ड होइन, मानवता र करुणाको भावना हुनुपर्छ । विद्याले विनयशीलता विनयशीलताले राम्रो पात्रता, पात्रताले धन र धनले सुख दिन्छ ।’

विभिन्न संकाय र तहका १२५ विद्यार्थी दीक्षित भएको समारोहमा वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले दीक्षान्त मन्तव्य व्यक्त गरे ।


साभार : नेपाल प्रेस

`
12 comments
८ अध्यादेश ल्याएपछि संघीय संसद अधिवेशन आह्वान गर्न सरका..

काठमाडौं, वैशाख २२ : सरकारले संघीय संसद्को दुवै सदनको बैठक वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस ..

12 घन्टा पहिले

कांग्रेसले सरकारलाई भन्यो– शक्ति र दमनको शासन होइन, कानु..

काठमाडौं, वैशाख २२ : नेपाली कांग्रेसले रास्वपा नेतृत्वको वर्तमान लोकतान्त्रिक सरकारले नागरिकमाथि क्रुर र संवेद..

12 घन्टा पहिले

एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको ..

काठमाडौं, वैशाख २१ : अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक..

1 दिन पहिले

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लाग..

काठमाडौं, वैशाख २१ : सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष..

1 दिन पहिले

प्रेस स्वतन्त्रता संकटमा, सरकारका निर्णयले मिडिया क्षे..

काठमाडौं, वैशाख २० : नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले नेपालमा प्रेस स्वतन्त्रताको अवस्था जटिल ..

3 दिन पहिले