Janakpurdham
Mon, Oct 27, 2025
`

श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन अभियान सञ्चालन गर्ने पत्रकार महासंघको निर्णय

4 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं ,असार ७ गते । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । महासंघको बिहीबार र शुक्रबार पोखरामा सम्पन्न केन्द्रीय समिति बैठकले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन पहल गर्ने निर्णय गरेको हो ।

बैठकले कोषमा अनिवार्य आवद्ध गराउन कानूनी व्यवस्थाको लागि पहल गर्ने निर्णय गरेको महासंघका सचिव प्रकाश धौलाकोटीले जानकारी दिए ।

उनका अनुसार बैठकले नियमित पारिश्रमिक नदिने मिडियालाई असार मसान्तभित्र बक्यौता भुक्तानी गरिसक्न आग्रह गर्ने निर्णय गरेको छ भने पारिश्रमिक नदिने मिडियाविरुद्ध साउन १ गतेबाट आन्दोलन सुरु गर्ने निर्णय गरेको छ ।

बैठकले श्रमजीवी पत्रकार ऐनमा संशोधन सहित न्यूनतम पारिश्रमिक निर्धारण समितिको प्रतिवेदन कार्यान्वयनका लागि पहल गर्ने, मिडियामा देखिएको आर्थिक संकटलाई सम्बोधन गर्न विशेष नीति र कानुनी सुधारका लागि सरकारसँग आग्रह गर्ने निर्णय गरेको सचिव धौलाकोटीले बताए ।


साभार : नेपाल प्रेस

`
12 comments
छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ..

काठमाडौँ ,कार्तिक १० गते ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आरा..

11 घन्टा पहिले

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं, कात्तिक ९ : नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण गरेका छन्।  राष्ट्रपति निवास शितलनिवासमा आयोजित विशे..

11 घन्टा पहिले

बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू

रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..

2 दिन पहिले

छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’

जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..

2 दिन पहिले

राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका

काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..

4 दिन पहिले