
आधारभूत पूर्वाधारको अवस्था कमजोर हुँदा पर्यटकको संख्या कम भयो : सीईओ जोशी
10 दिन पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं, असार ११ : नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले नेपालमा लगानी अनुसार पर्यटकहरुको संख्या कम भएको बताएका छन्।
बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघ र नेपाल पर्यटन बोर्डको आयोजनामा भएको पर्यटन सवारी चालक तथा सहचालक अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा बोल्दै उनले आधारभूत पूर्वाधारको अवस्था कमजोर भएको कारण अपेक्षित मात्रामा पर्यटक ल्याउन नसकेको भन्दै अहिले नेपाल सरकार, विभिन्न निकाय, स्थानिय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड रहेको बताए।
‘पर्यटकहरुको संख्या हामीले सोच जति छैन। यातायात, होटललगायत धेरै क्षेत्रमा लगानी एकदमै धेरै छ,’ उनले भने, ‘हाम्रो आधारभूत पूर्वाधारको अवस्था कमजोर हुदाँ हामीले अपेक्षित मात्रामा पर्यटक ल्याउन सकिरहेको छैनौँ तर पछिल्लो समयमा नेपाल सरकार, विभिन्न निकाय, स्थानिय तहको पनि पूर्वाधारमा निकै ठूलो जोड छ। आजको दिनमा पर्यटन क्षेत्र राम्रो छैन् भनेर निराश हुनुभन्दा हाम्रो भविष्य राम्रो छ भनेर आशावादी हुनुपर्छ।’
सिईओ जोशीले सवारी साधनको विषयमा गुणस्तरियता, सरसफाईको साथै, पर्यटकहरुलाई दिने जुन आतिथ्यतालाई सन्तुलनमा राख्नुपर्ने बताए।
‘सवारी साधनको विषयमा कुरा गर्दा गुणस्तरियता, सफाई आदि कुरा छँदै छन्, त्यो बाहेक हामीले पर्यटकहरुलाई दिने जुन आतिथ्यता छ त्यसलाई सन्तुलन गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो आतिथ्यता कै कारणले नेपालमा आउने पर्यटकहरु दोहोर्याएर आउने गरेका छन्।’
साभार : काठमाडौं प्रेस

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त
काठमाडौं, आसर २१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्..
14 घन्टा पहिले
राजर्षी जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध ..
जनकपुर, असार २१ : कंग्रेस नेता विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका ..
15 घन्टा पहिले
स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए
काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्। स..
1 दिन पहिले
जसपा मधेश प्रदेशका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी
सर्लाही, असार २० : जिल्ला प्रहरी प्रमुखलाई धम्क्याएको आरोपमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधे..
1 दिन पहिले
राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोष..
काठमाडौं ,असार १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्..
2 दिन पहिले