Janakpurdham
Sun, Sep 20, 2026
`

मालपोत कार्यालय सेवा प्रवाहको डिजिटल अनुगमन सुरु

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख १६ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले देशभरका मालपोत कार्यालयहरूबाट भइरहेको सेवा प्रवाहको अवस्थालाई प्रभावकारी बनाउन आफ्नै कार्यकक्षबाटै डिजिटल माध्यममार्फत नियमित अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएकी छन्।

मालपोत कार्यालयहरूमा पछिल्लो समय सर्भर डाउन हुने लगायतका प्राविधिक समस्या तथा सेवा प्रवाहसम्बन्धी गुनासाहरू बढ्दै गएपछि मन्त्रालयले तत्काल समस्या पहिचान र समाधान गर्न यस्तो प्रणाली सुरु गरेको हो।

नयाँ व्यवस्थाअनुसार मन्त्री रावलले अब देशभरका मालपोत कार्यालयहरूको सेवा प्रवाहको अवस्था प्रत्यक्ष रूपमा अनुगमन गर्न सक्ने छिन्। डिजिटल प्रणालीमार्फत प्राप्त हुने विवरणका आधारमा सेवा प्रवाहमा देखिने अवरोध, ढिलासुस्ती तथा प्राविधिक समस्याबारे तत्काल जानकारी लिन र आवश्यक निर्देशन दिन सकिने व्यवस्था मिलाइएको छ।

मन्त्रालयका अनुसार यस प्रणालीले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र सेवाग्राहीमैत्री बनाउने अपेक्षा गरिएको छ। साथै, मालपोत कार्यालयहरूमा हुने अनियमितता र ढिलासुस्ती नियन्त्रण गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

सरकारले डिजिटल गभर्नेन्सलाई प्राथमिकतामा राख्दै सार्वजनिक सेवा प्रवाहलाई आधुनिक र प्रविधिमैत्री बनाउने अभियानलाई थप तीव्र बनाइरहेको बताइएको छ।

साभार: काठमाडौं प्रेस

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

23 घन्टा पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

23 घन्टा पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

2 दिन पहिले