अहिंसा, मैत्री, करूणा र प्रज्ञाको सन्देशलाई व्यवहारमा उतार्न सकेमात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुन्छ : राष्ट्रपति
6 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, वैशाख १७ : राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन महत्वपूर्ण योगदान दिन सक्ने बताएका छन्।
बिहीबार ललितपुरस्थित हिरण्यवर्ण महाविहार तारेमाम् संघको हीरक महोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बुद्धका अहिंसा, मैत्री, करुणा र प्रज्ञाका सन्देशलाई हामीले व्यवहारमा रूपान्तरण गर्न सके मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका हुन्।
आजको विश्व अनेकन समस्याहरू द्वन्द्व, स्वार्थपरायणता, आदर्शस्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरूको ह्रासबाट प्रताडित भइरहेको अवस्थामा बुद्धका उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको राष्ट्रपति पौडेलको भनाइ थियो।
उनले बुद्धका उपदेशले मानव जातिलाई सुख, शान्ति र आनन्द दिलाउने भएकोले उक्त ज्ञानको संसार भर प्रचार प्रसार भइरहेको उल्लेख गर्दै शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताए।
राष्ट्रपति पौडेलले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालनबाट धार्मिक, सामाजिक तथा साँस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवम् सबल बनाउने तर्फ ध्यान दिनुपर्ने बताए।
उनले नेपालमा जन्मिएका बोधिसत्व सिद्धार्थ गौतम बुद्धले प्रतिपादन गरेका बुद्ध धर्म तथा बौद्ध दर्शन विश्वव्यापी रुपमा फैलिएको बताउदै बुद्धले देखाएका चतुआर्य सत्य, प्रतीत्यसमुत्पाद र आर्यअष्टाङ्खीक मार्गले विश्वका सबै प्राणीहरूको दुःखबाट मुक्तिको बाटो देखाएको बताए।
साभार: काठमाडौं प्रेस
‘प्रेसलाई नियन्त्रण गर्ने होइन, स्वतन्त्र र मर्यादित बनà..
काठमाडौं, कात्तिक १९ : सरकार प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्नेभन्दा सञ्चार क्षेत्रलाई व्यवस्थित, व्यावसायिक..
16 घन्टा पहिले
अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्à¤..
जनकपुर, कात्तिक १९: भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । विगत एक महिनाà..
16 घन्टा पहिले
भारतीय विदेश सचिव विक्रम मिस्री नेपालमा
काठमाडौं, कात्तिक १८ : भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल आएका छन् । मिस्री दुई दिने औपचारिक भ्रमणका लागि आज (à¤..
2 दिन पहिले
सुशासनका लागि भ्रष्टाचारमा शून्य सहनशीलता र नैतिक आचरण à..
काठमाडौं, कात्तिक १८ : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्रोतसाधनको सदुपयोग, भ्रष्टाचारप्रति शून्य सहनà..
2 दिन पहिले
हेलिकप्टर दुर्घटनाका घाइइतेलाइ मेडिसिटी अस्पताल ल्याइà..
काठमाडौं, कात्तिक १७ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरुचेमा दुई हेलिकप्टर ठोक्किँदा ..
3 दिन पहिले