Janakpurdham
Sun, Sep 20, 2026
`

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

5 महीना पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौं, वैशाख १८ : प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरेका छन्।

आज बुद्ध जयन्तीको अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले शुभकामना दिँदै नेपाल भूमि बुद्धको जन्मस्थल भएकाले सधैं अहिंसा र शान्तिको पक्षमा उभिनुपर्ने बताए।

 

‘शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्म जयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु । बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ,’ उनले लेखेका छन्। 

बुद्धले देखाएको बाटो नै दुःख निवारणको मार्ग भएको उल्लेख गर्दै ज्ञानको उज्यालोले अँध्यारो स्वतः हट्ने धारणा व्यक्त गरे।

 

 

‘बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो । उज्यालोको अभाव नै अँध्यारो होस जति बेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ । हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ,’ उनले लेखेका छन्।

 

साभार: काठमाडौं प्रेस

`
12 comments
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

2 घन्टा पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

2 घन्टा पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

23 घन्टा पहिले

टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको ११ वटा शव निकाल..

काठमाडौं, असाेज ३ : भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद..

23 घन्टा पहिले

वन मन्त्रालयबाट स्वीकृति ढिलाइ हुँदा एक दिनमै करोडौँ घा..

काठमाडौं, असाेज २ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिपक कुमार साहले विकास आयोजनाको स्वीकृति प्रक्रियामा हुन..

2 दिन पहिले