पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते
3 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौँ ,असार १२ गते । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ यही असार १६ गते हुने भएको छ ।
पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैरकानुनी रुपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार १० गते अदालतमा रिट निवेदन दिनुभएको थियो । उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार १५ गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाफ माग गर्ने र असार १६ गते सुनुवाइ गर्ने आदेश दिएको हो ।

उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा यही असार ८ गते सुर्खेतबाट पक्राउ गरी यही असार ९ गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो ।
विशेष अदालतले अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अनुमति दिएको छ । नेता पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।
साभार ः रेडियो नेपाल

इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा निर्वाचन आयोग
काठमाडौं, असाेज २१ : निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा आवश्यक प्राविधिक तà..
15 घन्टा पहिले
किशोरसिंह राठौरले फिर्ता लिए सभापतिकाे उम्मेदवारी
काठमाडौं, असाेज २१ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवाà¤..
15 घन्टा पहिले
स्थानीय चुनाव केन्द्रित कांग्रेसको नयाँ रणनीति, ‘इलेक्à¤..
काठमाडौं, असोज २० : आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ७५३ मध्ये १०० पालिकामा मेयर वा अध्यक्ष महिलालाà¤..
2 दिन पहिले
कांग्रेसको संकल्प : गुट, पहुँच र अपारदर्शिता अन्त्य, राजनà..
काठमाडौं, असाेज २० : नेपाली कांग्रेसले पछिल्लो ३५ वर्षमा देशमा केही नभएको भन्ने भाष्यलाई अस्वीकार गर्दै लोकतानà..
2 दिन पहिले
नेकपाबाट अलग भए झलनाथ खनाल
काठमाडौं, असोज १९ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै &lsqu..
3 दिन पहिले