सत्ता चलाउन होइन, देशका लागि राम्रो काम गर्न प्रतिस्पर्धा हुनुपर्छ : महासचिव राई
1 महीना पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असाेज १८ : श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईले राजनीतिक दलहरूबीच सत्ता कति वर्ष चलाउने भन्ने प्रतिस्पर्धाभन्दा देशका लागि कसले राम्रो काम गर्ने भन्ने प्रतिस्पर्धा हुनुपर्ने बताएका छन्।
आइतबार नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राईले अब राजनीतिक दलहरू राष्ट्र निर्माणका लागि एकजुट भएर अघि बढ्नुपर्ने बताए।
उनले भने, ‘यो महाधिवेशनबाट एउटा अनुरोध गर्न चाहन्छु, अब हामीले कुन पार्टीले कति समय सत्ता चलाउने, कति वर्ष चलाउने भनेर प्रतिस्पर्धा गर्नुभन्दा पनि देशका लागि राम्रो काम गर्ने कुरामा प्रतिस्पर्धा हुनुपर्छ।’
राईले नेपाली कांग्रेस हल्लाद्वारा स्थापित भएको पार्टी नभएको बताए । लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि धेरै योद्धाहरूले आफ्नो निजी स्वार्थ र सपना त्यागेर निर्माण गरेको पार्टीका रूपमा कांग्रेसलाई आफूहरूले बुझेको उनको भनाइ थियो।
‘नेपाली कांग्रेस हल्लाद्वारा स्थापित भएको पार्टी होइन, लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि धेरै योद्धाहरूले आफ्नो निजी स्वार्थ र सपना त्यागेर निर्माण गरेको पार्टी हो,’उनले भने ।
उनले आगामी दिनमा राष्ट्र निर्माणका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताए।
साभार ः काठमाडौं प्रेस
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ बनाउन महत्त्वपूà..
काठमाडौं, कात्तिक २९ : राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प..
12 घन्टा पहिले
छठको स्वागतमा कठपुल्ला पश्चिमवारी टोलका युवा जुटे सरसफà¤..
जनकपुरधाम, कार्तिक २९ गते । धनुषाको हंसपुर नगरपालिका–३, पश्चिमवारी टोलमा छठ पर्वको अवसर पारेर बृहत् सरसफाइ का..
13 घन्टा पहिले
अध्यक्ष साहले गरे छठ सामग्री वितरण ,विपन्न व्रतालुलाई वड..
जनकपुरधाम,कार्तिक २८ गते । छठ पर्व आस्थाको पर्व हो, तर आर्थिक अभावका कारण कसैको घरमा यसको रौनक नखुम्चियोस् भन्ने उ..
2 दिन पहिले
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त
काठमाडौं , कार्तिक २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गर्à..
2 दिन पहिले
नेपाल–भारत संयुक्त छठ घाटमा रौनक: नदी किनारमा दुई किलोमि..
महोत्तरी, कार्तिक २७ गते । मटिहानी नगरपालिकाको बिग्ही नदी किनारमा झण्डै दुई किलोमिटर लम्बाइको छठ घाट तयार भएà..
2 दिन पहिले