असार २२ देखि अरनिको राजमार्ग १५ दिन राति बन्द हुने
3 महीना पहिले प्रकाशित
Esandhyakalin
काभ्रे, असार १३ : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ।
जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ गतेदेखि आगामी साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो।
उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लेखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्णतः प्रवेशमा निषेध गर्ने तथा अन्य यात्रुवाहक तथा अन्य मालवाहक सवारीसाधनलाई बेलुका ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म मात्रै प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।
उनका अनुसार आर्थिक वर्षको अन्त्यको समय भएकाले निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले सडक निर्माण प्रक्रियालाई केही ढिलाइ गर्न लगाइएको हो। समितिले सडक निर्माणलाई सहजीकरण गर्न यात्रु तथा मालवाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्नेसमेत जनाएको छ।
तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन हुनेछन्।
सवारीसाधन व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने समितिले जनाएको छ।
गत चैतमा करिब एक महिनाभर रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर दुई दशमलव पाँच किमी सडक कालोपत्र को काम गरिएको थियो।
साभार : काठमाडौं प्रेस
इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा निर्वाचन आयोग
काठमाडौं, असाेज २१ : निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा आवश्यक प्राविधिक तà..
15 घन्टा पहिले
किशोरसिंह राठौरले फिर्ता लिए सभापतिकाे उम्मेदवारी
काठमाडौं, असाेज २१ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवाà¤..
15 घन्टा पहिले
स्थानीय चुनाव केन्द्रित कांग्रेसको नयाँ रणनीति, ‘इलेक्à¤..
काठमाडौं, असोज २० : आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ७५३ मध्ये १०० पालिकामा मेयर वा अध्यक्ष महिलालाà¤..
2 दिन पहिले
कांग्रेसको संकल्प : गुट, पहुँच र अपारदर्शिता अन्त्य, राजनà..
काठमाडौं, असाेज २० : नेपाली कांग्रेसले पछिल्लो ३५ वर्षमा देशमा केही नभएको भन्ने भाष्यलाई अस्वीकार गर्दै लोकतानà..
2 दिन पहिले
नेकपाबाट अलग भए झलनाथ खनाल
काठमाडौं, असोज १९ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै &lsqu..
3 दिन पहिले