Janakpurdham
Thu, Oct 08, 2026
`

जनकपुरधाममा ‘क्लाइमेट जस्टिस एड्भोकेसी’ क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न

3 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार १४ गते ।  जलवायु परिवर्तनका कारण बढ्दो जोखिम तथा त्यसको प्रभाव न्यूनीकरणमा युवाको भूमिका सुदृढ गर्ने उद्देश्यले जनकपुरधाममा एकदिने ‘क्लाइमेट जस्टिस एड्भोकेसी (Climate Justice Advocacy) क्षमता अभिवृद्धि कार्यशाला’ सम्पन्न भएको छ।
दिगो विकास इन्स्टिच्युटको आर्थिक तथा प्राविधिक सहयोगमा जनकपुरधाम–२४ का युवा आभाष कर्ण को नेतृत्वमा आयोजित उक्त कार्यक्रम कायापल्ट, ओरेक नेपाल तथा लियो क्लब अफ मिथिला आदर्शको सहकार्यमा नेपाल पत्रकार महासंघ धनुषाको सभाहलमा सम्पन्न भएको हो।
कार्यशालामा मधेश प्रदेशका आठवटै जिल्लाबाट आएका ४५ जना युवा, सामाजिक अभियन्ता तथा जलवायु अभियन्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले जलवायु परिवर्तनका चुनौती, जलवायु न्यायको अवधारणा, नीति निर्माण, जोखिम न्यूनीकरण तथा सम्भावित समाधानका विषयमा समूहगत छलफल गर्दै आफ्ना परियोजना प्रस्तुत गरेका थिए।


कार्यक्रमका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह ले जनकपुरमा वातावरण संरक्षण तथा जलवायु न्यायसम्बन्धी जनचेतना अझै कमजोर रहेको उल्लेख गर्दै युवाहरूको यस्तो पहल प्रशंसनीय रहेको बताए। उनले आगामी दिनमा वडा–वडामा यस्ता कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै स्थानीय सरकारबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
ओरेक नेपाल मधेश प्रदेश संयोजक बिना सिंह ले जलवायु परिवर्तनले विशेषगरी महिलाको स्वास्थ्य, जीविकोपार्जन र दैनिक जीवनमा पारिरहेको प्रभावबारे प्रकाश पारिन्। त्यसैगरी कायापल्टका कार्यक्रम अधिकृत प्रत्युष ठाकुर ले जलवायु परिवर्तन, जलवायु न्याय, मानव अधिकार, विपद् जोखिम न्यूनीकरण तथा युवाको भूमिकाबारे प्रस्तुति दिएका थिए।
कार्यक्रम संयोजक कर्णले जलवायु न्याय स्थापना, वातावरण संरक्षण तथा दिगो विकासमा युवाको नेतृत्व अपरिहार्य रहेको बताए। जनकपुरधाममा बढ्दो फोहोर व्यवस्थापन समस्या र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि आगामी दिनमा पनि सचेतना तथा अभियानलाई निरन्तरता दिइने उनले बताए।
कार्यक्रम व्यवस्थापनमा धर्मेन्द्र महतो, राजन राउत तथा आयुष कर्ण ले सक्रिय भूमिका निर्वाह गरेका थिए।
दिगो विकास इन्स्टिच्युटले नेपालमा दिगोपन, समानता र जलवायु न्याय प्रवर्द्धन गर्दै युवा नेतृत्व विकास तथा सकारात्मक सामाजिक परिवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

`
12 comments
इन्टरनेट मतदान प्रणाली लागू गर्ने दिशामा निर्वाचन आयोग

काठमाडौं, असाेज २१ : निर्वाचन आयोगले नेपालमा इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्ने दिशामा आवश्यक प्राविधिक तà..

15 घन्टा पहिले

किशोरसिंह राठौरले फिर्ता लिए सभापतिकाे उम्मेदवारी

काठमाडौं, असाेज २१ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवाà¤..

15 घन्टा पहिले

स्थानीय चुनाव केन्द्रित कांग्रेसको नयाँ रणनीति, ‘इलेक्à¤..

काठमाडौं, असोज २० : आगामी स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले ७५३ मध्ये १०० पालिकामा मेयर वा अध्यक्ष महिलालाà¤..

2 दिन पहिले

कांग्रेसको संकल्प : गुट, पहुँच र अपारदर्शिता अन्त्य, राजनà..

काठमाडौं, असाेज २० : नेपाली कांग्रेसले पछिल्लो ३५ वर्षमा देशमा केही नभएको भन्ने भाष्यलाई अस्वीकार गर्दै लोकतानà..

2 दिन पहिले

नेकपाबाट अलग भए झलनाथ खनाल

काठमाडौं, असोज १९ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले पार्टीबाट अलग हुँदै &lsqu..

3 दिन पहिले