जनकपुरधामका तीन वडा जोड्ने सडक कालोपत्रे सम्पन्न, विकासमा थपियो नयाँ आयाम
34 मिनट पहिले प्रकाशित
Esandhyakalin
राहुल सिंह
जनकपुरधाम, कार्तिक २४ गते । जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. १२, १५ र १६ लाई जोड्ने सडक कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ। शहरी विकास डिभिजन कार्यालयको पहल तथा जनकपुरधाम उपमहानगरपालिकाको संयुक्त सहकार्यमा उक्त सडक कालोपत्रे गरिएको हो।नगरको वडा नं. १२ स्थित कुवा, वडा नं. १५ को रामपुर र वडा नं. १६ को कपिलेश्वरलाई जोड्ने सडक कालोपत्रे सम्पन्न भएसँगै यस क्षेत्रका स्थानीयवासीलाई आवागमनमा सहजता हुने भएको छ। लामो समयदेखि सडकको समस्याका कारण आवतजावतमा कठिनाइ भोग्दै आएका स्थानीयवासीका लागि सडक कालोपत्रे भएपछि यात्रा थप सहज, सुरक्षित र सुविधाजनक हुने अपेक्षा गरिएको छ। विशेषगरी वर्षायाममा हिलो तथा अन्य समयमा धुलोका कारण स्थानीयले भोग्दै आएको समस्यासमेत कम हुने विश्वास गरिएको छ।जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शहरी विकास डिभिजन कार्यालय र उपमहानगरपालिकाको संयुक्त प्रयास तथा सहकार्यबाट सडक निर्माण कार्य सम्पन्न भएको जानकारी दिएका छन्।
उनले सडक पूर्वाधारको विकासले स्थानीय नागरिकको दैनिक जीवन सहज बनाउनुका साथै यस क्षेत्रको समग्र विकासमा समेत सकारात्मक योगदान पुर्याउने बताए। सडक कालोपत्रे सम्पन्न भएपछि वडा नं. १२, १५ र १६ का बासिन्दाबीचको आवागमन थप सहज हुने, स्थानीय व्यापारिक गतिविधि विस्तार हुने तथा शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक सेवामा पहुँच बढ्ने अपेक्षा गरिएको छ।स्थानीय पूर्वाधारको विकासमार्फत नागरिकलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउने दिशामा सम्पन्न भएको यस सडक निर्माण कार्यलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।


जनकपुरधामका तीन वडा जोड्ने सडक कालोपत्रे सम्पन्न, विकासà..
राहुल सिंहजनकपुरधाम, कार्तिक २४ गते । जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. १२, १५ र १६ लाई जोड्ने सडक कालोपत्रे गर्न..
34 मिनट पहिले
तिहार र छठअघि जनकपुरधाम सफा बनाउने अभियान, २५ वटै वडामा वà..
राहुल सिंहजनकपुरधाम, कार्तिक २४ गते । पर्वको रौनकसँगै नगरको सुन्दरता बढाउने अभियानमा जनकपुरधाम उपमहानगरपालिका ..
37 मिनट पहिले
“आफ्नै खर्चमा छठको खुसी बाँड्दै रमेश महतो, १०० भन्दा बढी à..
राहुल सिंह जनकपुरधाम, कार्तिक २४ गते । सामाजिक सेवाप्रतिको प्रतिबद्धता र मानवीय भावनालाई व्यवहारमा उतार्दै सà¤..
1 घन्टा पहिले
गौमाताको पूजा गरि गाई तिहार मनाइँदै
काठमाडौं, कात्तिक २३ : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार ..
1 दिन पहिले
लक्ष्मीपूजाको अवसरमा झिलिमिलि काठमाडौं उपत्यका
काठमाडौं, कात्तिक २२ : दीपावली तथा लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यका र यस आसपासका आवासीय क्षेत्रहरूमा आकर्षà..
1 दिन पहिले