Janakpurdham
Tue, Nov 10, 2026
`

तिहार र छठअघि जनकपुरधाम सफा बनाउने अभियान, २५ वटै वडामा विशेष सरसफाइ

37 मिनट पहिले प्रकाशित

Esandhyakalin

`

राहुल सिंह
जनकपुरधाम, कार्तिक २४ गते । पर्वको रौनकसँगै नगरको सुन्दरता बढाउने अभियानमा जनकपुरधाम उपमहानगरपालिका हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व तिहार तथा छठ पर्वलाई स्वच्छ, सफा र व्यवस्थित वातावरणमा मनाउने उद्देश्यले जनकपुरधाम उपमहानगरपालिकाले नगरका २५ वटै वडामा विशेष सरसफाइ अभियान सञ्चालन गरेको छ। पर्वको समयमा नगर क्षेत्रमा फोहोरमैला बढ्ने, सडक तथा सार्वजनिक स्थलहरू फोहोर हुने र आवागमनमा समेत असहजता हुने अवस्थालाई मध्यनजर गर्दै उपमहानगरपालिकाले विशेष सरसफाइ अभियानलाई तीव्रता दिएको हो। अभियानअन्तर्गत नगरका मुख्य सडक, भित्री सडक, नाला, सार्वजनिक स्थल, मठमन्दिर तथा छठ घाट आसपासका क्षेत्रमा सरसफाइ गर्ने कार्यलाई प्राथमिकता दिइएको छ। विशेषगरी छठ पर्वमा श्रद्धालु भक्तजनको ठूलो उपस्थिति हुने पोखरी, तलाउ तथा जलाशय आसपासका क्षेत्रलाई सफा, स्वच्छ र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ।

तिहार र छठ पर्व धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका पर्व भएकाले नगरवासीले स्वच्छ वातावरणमा पर्व मनाउन सकून् भन्ने उद्देश्यले २५ वटै वडामा सरसफाइ अभियान सञ्चालन गरिएको उपमहानगरपालिकाले जनाएको छ। नगरको सुन्दरता कायम राख्नुका साथै नागरिकको स्वास्थ्य र सरसफाइप्रति सचेतना अभिवृद्धि गर्न पनि यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। उपमहानगरपालिकाले सरसफाइ अभियानलाई सफल बनाउन नगरवासी, स्थानीय संघसंस्था, युवा क्लब तथा विभिन्न सामाजिक संस्थालाई समेत आ–आफ्नो टोल र सार्वजनिक स्थल सफा राख्न सहयोग गर्न आग्रह गरेको छ। नगरलाई सफा, सुन्दर र स्वच्छ बनाउने जिम्मेवारी स्थानीय सरकारको मात्र नभई प्रत्येक नागरिकको साझा दायित्व भएकाले पर्वको अवसरमा सुरु गरिएको सरसफाइ अभियानलाई नियमित व्यवहारमा समेत निरन्तरता दिनुपर्ने आवश्यकता रहेको छ।

`
12 comments
जनकपुरधामका तीन वडा जोड्ने सडक कालोपत्रे सम्पन्न, विकासà..

राहुल सिंहजनकपुरधाम, कार्तिक २४ गते । जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. १२, १५ र १६ लाई जोड्ने सडक कालोपत्रे गर्न..

34 मिनट पहिले

तिहार र छठअघि जनकपुरधाम सफा बनाउने अभियान, २५ वटै वडामा वà..

राहुल सिंहजनकपुरधाम, कार्तिक २४ गते । पर्वको रौनकसँगै नगरको सुन्दरता बढाउने अभियानमा जनकपुरधाम उपमहानगरपालिका ..

37 मिनट पहिले

“आफ्नै खर्चमा छठको खुसी बाँड्दै रमेश महतो, १०० भन्दा बढी à..

राहुल सिंह जनकपुरधाम, कार्तिक २४ गते । सामाजिक सेवाप्रतिको प्रतिबद्धता र मानवीय भावनालाई व्यवहारमा उतार्दै सà¤..

1 घन्टा पहिले

गौमाताको पूजा गरि गाई तिहार मनाइँदै

काठमाडौं, कात्तिक २३ : यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदै छ । हिन्दू धर्मशास्त्रअनुसार ..

1 दिन पहिले

लक्ष्मीपूजाको अवसरमा झिलिमिलि काठमाडौं उपत्यका

काठमाडौं, कात्तिक २२ : दीपावली तथा लक्ष्मीपूजाको अवसरमा काठमाडौं उपत्यका र यस आसपासका आवासीय क्षेत्रहरूमा आकर्षà..

1 दिन पहिले