ट्राफिक लाइटमा लाखौँ खर्च, उपलब्धि शून्य; दुर्घटनाको जोखिममा भानु चोक
38 मिनट पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, कार्तिक २६ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा सवारी साधनको आवागमन व्यवस्थित तथा ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने उद्देश्यले जडान गरिएका ट्राफिक लाइट प्रयोगविहीन बनेका छन्। प्रदेश सरकारले झण्डै एक करोड रुपैयाँको लगानीमा नगरका विभिन्न चोकमा जडान गरेका ट्राफिक लाइट सञ्चालनमा आउन नसक्दा सरकारी लगानी बालुवामा पानी हालेसरह भएको छ। प्रदेशको स्थायी राजधानी जनकपुरधाममा बढ्दो सवारी चाप र अव्यवस्थित ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्ने उद्देश्यले मधेस प्रदेश सरकारले मधेस प्रदेश प्रहरी कार्यालयको समन्वयमा ट्राफिक लाइट जडान गरेको थियो। जनकपुरधामको मुरली चोक, जनक चोक, शिव चोक, भानु चोकलगायतका प्रमुख स्थानमा ट्राफिक लाइट जडान गरिएको भए पनि ती लाइट नियमित सञ्चालनमा आउन सकेका छैनन्। प्रविधिमैत्री ट्राफिक व्यवस्थापनको अवधारणाअनुसार गरिएको उक्त लगानीको प्रभावकारितामाथि अहिले प्रश्न उठ्न थालेको छ। जडान गरिएका लाइटमध्ये मुरली चोक र भानु चोकमा रहेका लाइट केही दिन सञ्चालनमा आए पनि त्यसपछि बन्द भएका थिए। अन्य स्थानमा जडान गरिएका लाइट भने जडान भएदेखि नै प्रभावकारी रूपमा प्रयोगमा आउन नसकेको स्थानीयको भनाइ छ। आवश्यकता, औचित्य र प्राविधिक सम्भाव्यताको उचित अध्ययन नगरी गरिएको लगानीका कारण सरकारी स्रोतको दुरुपयोग भएको स्थानीयवासीको आरोप छ। लाखौँ रुपैयाँ खर्च गरेर जडान गरिएका उपकरण सञ्चालनमा ल्याउन नसक्नु सम्बन्धित निकायको कमजोर योजना, अनुगमन र व्यवस्थापकीय उदासीनताको उदाहरण भएको उनीहरूको टिप्पणी छ। जनकपुरधामको मुख्य व्यापारिक केन्द्र तथा नगरको मुटु मानिने भानु चोकमा ट्राफिक लाइट प्रयोगविहीन हुँदा सवारी आवागमन थप अव्यवस्थित बनेको स्थानीय व्यापारीहरू बताउँछन्। उनीहरूका अनुसार चोकमा दैनिकजसो सवारी दुर्घटना हुने गरेको छ। ट्राफिक लाइट सञ्चालनमा ल्याउन सके सवारी साधनको आवागमन व्यवस्थित हुनुका साथै दुर्घटनाको जोखिमसमेत न्यूनीकरण गर्न सकिने उनीहरूको विश्वास छ। स्थानीयवासी तथा व्यापारीहरूले लाखौँ रुपैयाँ खर्च गरेर जडान गरिएका ट्राफिक लाइटलाई तत्काल सञ्चालनमा ल्याउन, बिग्रिएका उपकरण मर्मत गर्न तथा आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।प्रदेशको राजधानीमै ट्राफिक व्यवस्थापनका लागि गरिएको ठूलो लगानी उपयोगविहीन बन्नु गम्भीर विषय भएको भन्दै उनीहरूले योजनाको कार्यान्वयन, खर्चको पारदर्शिता र अनुगमनबारे सम्बन्धित निकायले जवाफ दिनुपर्ने बताएका छन्। सार्वजनिक बजेट खर्च गरेर जडान गरिएका संरचना सञ्चालनमा नआउने हो भने विकासका नाममा हुने लगानीको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक हो। त्यसैले जनकपुरधामका ट्राफिक लाइट सञ्चालनमा ल्याउनुका साथै सरकारी लगानीको सदुपयोग सुनिश्चित गर्न सम्बन्धित निकायले तत्काल पहल गर्न आवश्यक देखिएको छ। यता, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख खगेन्द्र दाहालले जनकपुरधामका विभिन्न चोकमा जडान गरिएका ट्राफिक लाइट बिग्रिएको अवस्थामा रहेको बताएका छन्। उनले ट्राफिक लाइट मर्मत गरी पुनः सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको जानकारी दिए। ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ट्राफिक लाइट सञ्चालनमा ल्याउनु आवश्यक रहेको उनको भनाइ छ।
छठ पर्वको रौनकले चम्किँदै जनकपुरका ऐतिहासिक पोखरी
जनकपुरधाम, कार्तिक २६ गते । आस्थाको महापर्व छठ नजिकिँदै जाँदा जनकपुरधामका ऐतिहासिक पोखरी, तलाउ तथा सरोवरहरूलाà¤..
36 मिनट पहिले
ट्राफिक लाइटमा लाखौँ खर्च, उपलब्धि शून्य; दुर्घटनाको जोख..
जनकपुरधाम, कार्तिक २६ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा सवारी साधनको आवागमन व्यवस्थित तथा ट्राफिक व्यवà¤..
38 मिनट पहिले
जनकपुरधामका तीन वडा जोड्ने सडक कालोपत्रे सम्पन्न, विकासà..
राहुल सिंहजनकपुरधाम, कार्तिक २४ गते । जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. १२, १५ र १६ लाई जोड्ने सडक कालोपत्रे गर्न..
2 दिन पहिले
तिहार र छठअघि जनकपुरधाम सफा बनाउने अभियान, २५ वटै वडामा वà..
राहुल सिंहजनकपुरधाम, कार्तिक २४ गते । पर्वको रौनकसँगै नगरको सुन्दरता बढाउने अभियानमा जनकपुरधाम उपमहानगरपालिका ..
2 दिन पहिले
“आफ्नै खर्चमा छठको खुसी बाँड्दै रमेश महतो, १०० भन्दा बढी à..
राहुल सिंह जनकपुरधाम, कार्तिक २४ गते । सामाजिक सेवाप्रतिको प्रतिबद्धता र मानवीय भावनालाई व्यवहारमा उतार्दै सà¤..
2 दिन पहिले