अध्यक्ष साहले गरे छठ सामग्री वितरण ,विपन्न व्रतालुलाई वडा कार्यालयको साथ
26 मिनट पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम,कार्तिक २८ गते । छठ पर्व आस्थाको पर्व हो, तर आर्थिक अभावका कारण कसैको घरमा यसको रौनक नखुम्चियोस् भन्ने उद्देश्यका साथ जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ ले विपन्न परिवारका छठ व्रतालुहरूलाई पूजासामग्री वितरण गरेको छ।
छठ पर्वको तयारीमा जुटेका आर्थिक रूपमा कमजोर परिवारलाई लक्षित गरी शुक्रबार वडा कार्यालयले विशेष कार्यक्रम आयोजना गर्दै साडी, नरिवललगायत पूजामा आवश्यक सामग्री प्रदान गरेको हो।
पर्व मनाउने उत्साह र उमङ्ग सबै परिवारमा समान रहोस् भन्ने सन्देशसहित सञ्चालन गरिएको कार्यक्रममा वडा अध्यक्ष निरज साहले आर्थिक अवस्थाकै कारण कुनै पनि परिवार छठ पर्वको परम्परा र धार्मिक आस्थाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताए।

उनले सामाजिक उत्तरदायित्वलाई व्यवहारमै उतार्दै विपन्न परिवारको आवश्यकता र अवस्थालाई ध्यानमा राखेर सहयोग कार्यक्रम अघि बढाइएको उल्लेख गरे। यसले आर्थिक रूपमा कमजोर परिवारलाई पर्व मनाउन सहज हुनुका साथै समुदायमा आपसी सद्भाव र सहयोगको भावना पनि बलियो बनाउने विश्वास व्यक्त गरे।
मिथिलाञ्चलको सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको छठ पर्वमा व्रतालुहरूले कठोर व्रत, निष्ठा र पवित्रताका साथ अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। यस्तो विशेष पर्वमा साडी, नरिवललगायत पूजासामग्रीको आफ्नै धार्मिक र सांस्कृतिक महत्व छ।
आर्थिक कठिनाइका बीच पनि छठको परम्परा जोगाउँदै आएका विपन्न परिवारका लागि वडा कार्यालयको यो पहलले पर्वको खुसी बाँड्नुका साथै सामाजिक एकताको सन्देशसमेत दिएको छ।
अध्यक्ष साहले गरे छठ सामग्री वितरण ,विपन्न व्रतालुलाई वड..
जनकपुरधाम,कार्तिक २८ गते । छठ पर्व आस्थाको पर्व हो, तर आर्थिक अभावका कारण कसैको घरमा यसको रौनक नखुम्चियोस् भन्ने उ..
26 मिनट पहिले
सर्वोच्च अदालतमा चार न्यायाधीश नियुक्त
काठमाडौं , कार्तिक २७ गते । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीश पदमा चार जनालाई नियुक्त गर्à..
19 घन्टा पहिले
नेपाल–भारत संयुक्त छठ घाटमा रौनक: नदी किनारमा दुई किलोमि..
महोत्तरी, कार्तिक २७ गते । मटिहानी नगरपालिकाको बिग्ही नदी किनारमा झण्डै दुई किलोमिटर लम्बाइको छठ घाट तयार भएà..
19 घन्टा पहिले
छठ पर्वको रौनकले चम्किँदै जनकपुरका ऐतिहासिक पोखरी
जनकपुरधाम, कार्तिक २६ गते । आस्थाको महापर्व छठ नजिकिँदै जाँदा जनकपुरधामका ऐतिहासिक पोखरी, तलाउ तथा सरोवरहरूलाà¤..
2 दिन पहिले
ट्राफिक लाइटमा लाखौँ खर्च, उपलब्धि शून्य; दुर्घटनाको जोख..
जनकपुरधाम, कार्तिक २६ गते । मधेस प्रदेशको राजधानी जनकपुरधाममा सवारी साधनको आवागमन व्यवस्थित तथा ट्राफिक व्यवà¤..
2 दिन पहिले