Janakpurdham
Tue, Sep 22, 2026
`

‘मधेशको खानेपानी र जलस्रोत व्यवस्थापनबारे छलफल’

2 महीना पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, असार २९ गते । राष्ट्रिय सभा अन्तर्गतको ‘विकास, आर्थिक मामिला तथा सुशासन समिति’को बैठकमा मधेश प्रदेशको खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनको मस्यौदामाथि छलफल भएको छ ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा सांसदहरूले मधेश प्रदेशमा खानेपानी, सरसफाइ तथा शौचालय व्यवस्थापनसम्बन्धी जनचेतना,  चुरे क्षेत्रको दोहन नियन्त्रण र चुरे क्षेत्रमा वृक्षारोपणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

सांसदहरूले मधेश प्रदेशका जनप्रतिनिधिहरूले स्थानीय तहसम्म पुगेर जलस्रोत व्यवस्थापनको नियमित अनुगमन गर्नुपर्ने र जलस्रोतको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायलाई आवश्यक सुझाव तथा सचेतना प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा समितिका सचिव डा. रोजनाथ पाण्डेले मस्यौदा प्रतिवेदनमा पूनर्भरण क्षेत्रको संरक्षणका लागि भू–उपयोग नियन्त्रणमार्फत चुरे–शिवालिक क्षेत्रको संरक्षण, बोरिङका लागि इजाजतपत्रको प्रावधान लागु गर्ने तथा संवेदनशील क्षेत्रमा भूमिगत पानी निकाल्न सीमा तोक्ने व्यवस्था समावेश गरिएको जानकारी दिनुभयो ।


साभार ः रेडियो नेपाल

`
12 comments
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..

काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..

11 घन्टा पहिले

एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..

काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..

11 घन्टा पहिले

संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..

जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..

1 दिन पहिले

अर्थमन्त्री डा.वाग्लेको भारत भ्रमण : नेपालबाट पुनर्निर्..

काठमाडौं, असोज ४ : भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग खोज्न थालेको नेपालले अहिलेसम्म कति रकम र ..

1 दिन पहिले

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, ..

काठमाडौं, असोज ३ : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा राहतका लागि भारतले गरेको ..

2 दिन पहिले