
कथा कम, एक्सन धेरै ‘एन एक्सन हिरो’
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौँ । वर्षौंदेखि अभिनेता आयुष्मान खुरानाका बर्जित विषयहरूमा बनेका चलचित्रहरू बक्स अफिसमा सफल भएका छन् तर यसै वर्ष प्रदर्शनमा आएका चलचित्र ‘अनेक’ र ‘डक्टरजी’ले बक्स अफिसमा खासै व्यापार गर्न सकेनन् । अहिले उनी अभिनीत चलचित्र ‘एन एक्सन हिरो’ प्रदर्शनमा आएको छ । मानव (आयुष्मान खुराना) हरियाणाको एउटा गाउँमा आफ्नो चलचित्रको सुटिङमा व्यस्त हुनुहुन्छ । युवाहरूको ढुकढुकी बनेका मानव आफू युथ आइडल भएकाले ग्याङस्टरको बायोपिक गर्न अस्वीकार गर्नुहुन्छ । उहाँलाई उक्त चलचित्रको स्क्रिप्ट सान्दर्भिक लाग्दैन ।
घटनाक्रमले कस्तो मोड लिन्छ भने अचानक त्यही गाउँको नगरपालिकाका कर्मचारी भुरा सोलङ्की (जयदीप अहलावत)का कान्छो भाइसँगको मानवको झगडा हुन्छ र उहाँको निधन हुन्छ । दुर्घटनाबाट डराएका मानव भागेर मुम्बई पुग्नुहुन्छ । विमानस्थलमा सञ्चारकर्मीलाई देखेर उहाँ मुम्बई प्रस्थान गर्नुको साटो लन्डन प्रस्थान गर्न पुग्नुहुन्छ । उहाँलाई पछ्याउँदै भुरा आफ्नो भाइको मृत्युको बदला लिन लन्डनसम्म पनि पुग्नुहुन्छ । उहाँ मानवलाई मार्न आउनुभएको हुन्छ । देशको सिङ्गो मिडिया मानवलाई हत्यारा साबित गर्न लागिपरेको हुन्छ । के भुरा आफ्नो मिसनमा सफल हुनुहुन्छ ? एक्सन हिरो मानवले आफूलाई निर्दोष साबित गर्न सक्नुहुन्छ त ? चलचित्रको कथा यिनै विषयभित्र रुमलिएको छ ।अनिरुद्ध अøयरको यो पहिलो चलचित्र हो । लगभग १० वर्ष लगाएर निर्माता आनन्द एल रोयले निर्माणमा सहयोग गर्नुभएको छ । चलचित्रको कथा उहाँले लेख्नुभएको हो भने स्क्रिन प्ले नीरज यादवको रहेको छ । कथा साधारण बदलाको भए पनि घटनाहरू कस्ता छन् भने मानव गुण्डा, ह्याकरहरूदेखि गुण्डाहरूसम्मको सम्पर्कमा आउँछन् । मिडिया ट्रायल र सेलिब्रिटी भएको मूल्य चुकाउनुपर्ने पक्षलाई चलचित्रमा उहाँले सुन्दर ढङ्गले चित्रण गर्नुभएको छ । चलचित्रमा एक्सन, कमेडी थ्रिलको तड्का छ तर कथा कमजोर छ । उदाहरणका लागि उहाँ यति ठूलो सुपरस्टार हुनुहुन्छ । सबै टेलिभिजन च्यानलमा उहाँको चर्चा छ तर परिवार र साथीभाइमा उहाँको कुनै चिन्ता छैन । मानव आफ्नो सहयोगी सचिव रोशन (हर्ष छाया)मा मात्र निर्भर हुनुहुन्छ । चलचित्रमा लन्डन प्रहरीको चित्रण पनि बलियो तरिकाले गरिएको छ । चलचित्रमा आयुष्मानले एक्सनमा निकै मेहनत गर्नुभएको छ । सुपरस्टारदेखि परिस्थितिद्वारा फरार बन्नुभएका उहाँले द्विविधा, क्रोध र निराशालाई उपयुक्त रूपमा आत्मसात् गर्नुभएको छ ।
हरियाणवी भुराको चरित्रमा जयदीपलाई सुहाएको छ तर यो चरित्र पनि सही ढङ्गबाट निर्माण गरिएको छैन । चलचित्रमा कमेडी र एक्सनको राम्रो समन्वय छ । संवादहरूको मिठास छ । चलचित्रमा अक्षय कुमारको क्यामियो शानदार छ । नोरा फतेही र मलाइका अरोराको आइटम नम्बर ‘नशा’ र ‘आप जैसा कोइ नही’ले नेपाली चलचित्र बजारमा राम्रै हल्ला पिटेको थियो । चलचित्रको ब्याकग्राउन्ड सङ्गीत कथासँग मेल खान्छ । एक्सन मात्र मन पराउने पाठकका लागि भने चलचित्र ठिकठाक छ । चलचित्रमा कथा कम एक्सन धेरै छ । साभार : गोरखापत्र

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
19 घन्टा पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
19 घन्टा पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
2 दिन पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
2 दिन पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
3 दिन पहिले