
सन्त गुरुद्वारा शाहरुखको ज्यान लिने धम्की
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin

मुम्बई। बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘पठान’ माथि भइरहेको विवाद अझै रोकिने छाँटकाट छैन। फिल्मको पहिलो गीत ‘बेशर्म रंग’ रिलिज हुनासाथ गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएर बिकिनीको रंगलाई लिएर विवाद सुरु भएको हो।
भारतमा अधिकांश ठाउँमा यो फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको छ। शाहरुख र दीपिकासहित फिल्मको टिमका सदस्यविरुद्ध उजुरी पनि पर्न थालेको छ। अब भने फिल्मको विरोध गरिरहेका सन्त जगतगुरु परमहंस आचार्यले शाहरुखलाई जिउँदै जलाउने धम्की दिएका छन्।
‘फिल्म पठानमा भगवा रंगको अपमान गरिएको छ। उनीहरुले हिन्दुको भावनालाई आहत बनाउन यसो गरेका हुन्। पैसा कमाउनका लागि मानिसले धन्दा बनाइसकेका छन्। यसकारण हामीले शाहरुख खानको पोस्टर जलायौं र म शाहरुख खानलाई खोजिरहेको छु। जुन दिन उसलाई भेट्छु, त्यो जिहादीको छाला तासेर जिउँदै जलाउँछु’, उनले भनेका छन्।
उनले आफ्ना मानिसहरुले शाहरुखलाई मुम्बईमा खोजिरहेको खुलाउँदै कोहीले शाहरुखलाई जिउँदै आफ्नो अगाडि ल्याए उसको परिवारलाई आर्थिक मद्दत गर्ने बताएका छन्। आचार्यले शाहरुखलाई भगवासँग घृणा भएको भए उनको धमिनीमा बग्नेवाला रंग पनि भगवा नै रहेको दाबी गरेका छन्।
‘भगवाको बिना कसैको अस्तित्व सम्भव छैन। सूर्यको रंग भगवा, अग्निको रंग भगवा, भगवा शान्तिको प्रतीक हो र सबै सनातन धर्म मान्नेका लागि आन बान शान भगवा हो। भगवाको अपमान असह्य हुनेछ’, उनले भनेका छन्।
उनले शाहरुखले आफ्नो धर्म इस्लामप्रति कुनै वेबसिरिज र फिल्म नबनाएकाले उनलाई हलाला, तीन तलाक र पैगम्बर मुहम्मदको जीवनमा आधारित फिल्म बनाउन चुनौती दिएका छन्।साभार : डिसी नेपाल

मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
13 घन्टा पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
13 घन्टा पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
2 दिन पहिले
ऋषि तर्पणीवाट सोह्र श्राद्ध शुरु, गंगासागरमा तर्पण गर्न..
जनकपुरधाम ,भदौ २२ गते । प्रत्येक वर्ष भदौ महिनाको कृष्णपक्ष प्रतिपदा तिथिबाट शुरु हुने सोह्र श्राद्ध शुरु हुनु ..
2 दिन पहिले
सामाजिक सन्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन : योगेश भ..
काठमाडौं, भदौ २१ : सत्ताधारी दल एमालेका सांसद योगेश भट्टराईले सामाजिक सन्जाल नियमन निर्देशिकबाट नभई संसदबाट बन..
3 दिन पहिले