
तामाकोशी गाउँपालिमा हाल सम्म ५५ जना कोरोना संक्रमित भेटिए
4 वर्ष पहिले प्रकाशित
Esandhyakalin

दिपक बस्नेत
बैशाख ३०, तामाकोशी ।
तामाकोशी गाउँपालिकामा आज एकैदिन ३४ जनामा कोरोना पोजेटिभ देखिएको छ । हाल सम्म पालिका भित्र ५५ जनामा कोरोना पोजेटिभ देखिएको पालिकाले जनाएको हो ।
तामाकोशी गाउँपालिकामा हाल सम्म वडा नम्वर १ भिरकोटमा ४ जना, वडा नम्वर २ झूलेमा ३ जना, वडा नम्वर ३ जफेमा ५ जना, वडा नम्वर ४ मालूमा २ जना, वडा नम्वर ५ सहरेमा २७ जना, वडा नम्वर ६ च्याँमामा ७ जना, वडा नम्वर ७ हाँवामा ७ संक्रमित फेला परेको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारि दिनु भयो ।
तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूमा रहेको कोभिड अस्पतालमा ३ जना उपचारत रहेका छन् । एकजना धुलिखेल अस्पतामा उपचारत रहनुभएको छ । अरु सवै संक्रिमित होम आइसोलेसनमा हुनुहुन्छ । स्वास्थ्य संयोजक मिश्रका अनुसार आज नै सवै संक्रमितको घर घरमा पुगेर आवश्य परामर्श र औशधी तिरण गरिएको छ ।
गाउँपालिका भित्रका सम्पुर्ण नागरिकलाइ घरभित्रै बस्न र स्वास्थ्य सावधानी अपनाउन समेत संयोजक मिश्रले आग्रह गर्नभएको छ । गाउँपालिका – ५ शहरेमा आज मात्र नै २५ जनामा पोजिटिभ देखिए सगै सबैजनालाई बिशेष सतर्क रहन समेत गाउँपालिकाले अनुरोध गरेको छ ।

शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दु..
काठमाडौं, भदौ १२ : पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको ..
1 घन्टा पहिले
अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वा..
जनकपुर, भदौ १२ : एक महिनापछि बसेको मधेश प्रदेश सभा बैठक सुरु भए लगत्तै स्थगित भएको छ। प्रमुख प्रतिपक्षका सांसद..
1 घन्टा पहिले
रुबी साहको हत्या आरोपी लक्ष्मणको मृत्यु
रौतहट, भदौ ११ : रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ। ..
15 घन्टा पहिले
सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन आह्वान
काठमाडौं, भदौ ११ : सरकारले सामाजिक सञ्जालहरूलाई ७ सात दिनको समय प्रदान गर्दैसञ्चार तथा सूचना प्रविधि मन्त्रालय..
15 घन्टा पहिले
मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै
जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..
3 दिन पहिले