Janakpurdham
Thu, Aug 28, 2025
`

तामाकोशी गाउँपालिमा आज थप ३४ जना दोस्रो लहर नयाँ भेरियन्टको कोभिड १९ संक्रमित फेला

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 


दिपक बस्नेत



जेठ ४, तामाकोशी ।


तामाकोशी गाउँपालिमा आज थप ३४ जना दोस्रो लहर नयाँ भेरियन्टको कोभिड १९ संक्रमित थपिएका छन् ।
गाउँपालिका भित्र हाल सम्म २३५ जनाको परिक्षण गरिएकोमा १३८ जनामा संक्रमण भेटिएको तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिनु भयो । संक्रमित मध्ये ७ जना निको भएका छन् । पालिका भित्र महिला संक्रमितको संख्या ६२ रहेको छ भने पुरुष संक्रमितको संख्या ६९ रहेको जनाइएको छ । अहिले सम्म होम आइसोलेसनमा १२९ जना रहेका छन् ।
तामाकोशी गाउँपालिकाले अद्यावधिक गरेको विवरण अनुसार कोभिड अस्पतालमा भर्ना भएका दुई जना रहेका छन । पालिका भित्रको वडा नम्वर १ भिरकोटमा ४ जना, वडा नम्वर २ झुलेमा १३ जना, वडा नम्वर ३ जफेमा १२ जना, वडा नम्वर ४ मालूमा १० जना, वडा नम्वर ५ सहरेमा ६० जना, वडा नम्वर ६ च्याँमामा १९ जना, वडा नम्वर ७ हवामा २० जना रहेका छन् ।

पालिकाले जोखिमलाई मध्येनजर गर्दै पालिका भित्र ९५ बेडको क्वरेन्टीन सेन्टर स्थापना गरेको पालिकाले जनाएको छ । तामाकोशी गाउँपालिका भित्रको वडा नम्वर ३ जफेमा १५ बेड, वडा नम्वर ४ मालूमा १५ वेड, वडा नम्वर २ झुलेमा १५ वेड र अन्य वडामा १० र पालिका कार्यलय परिसरमा १० बेडको क्वरेन्टीन सेन्टर स्थपाना गरिएको छ । पालिकाले अन्य जिल्ला बाहिर र विदेशबाट आउने नागरिकको पिसिआर रिर्पोट नभएको खण्डमा अनिवार्य क्वरेन्टीनमा बस्नु पर्ने जनाएको छ ।

`
12 comments
शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानुन बन्न नसक्नु दु..

काठमाडौं, भदौ १२ : पूर्वराष्ट्रपति डा.रामवरण यादवले देशमा शिक्षा र स्वास्थ्य सम्बन्धी राम्रो कानून बन्न नसकेको ..

1 घन्टा पहिले

अर्थमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षद्वा..

जनकपुर, भदौ १२ : एक महिनापछि बसेको मधेश प्रदेश सभा बैठक सुरु भए लगत्तै स्थगित भएको छ।  प्रमुख प्रतिपक्षका सांसद..

1 घन्टा पहिले

रुबी साहको हत्या आरोपी लक्ष्मणको मृत्यु

रौतहट, भदौ ११ : रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ।  ..

15 घन्टा पहिले

सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन आह्वान

काठमाडौं, भदौ ११ : सरकारले सामाजिक सञ्जालहरूलाई ७ सात दिनको समय प्रदान गर्दैसञ्चार तथा सूचना प्रविधि मन्त्रालय..

15 घन्टा पहिले

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..

3 दिन पहिले