Janakpurdham
Sun, Oct 18, 2026
`

‘स्टारडम बोझ झैँ लाग्छ,’ ऋतिक रोशनले किन यसो भने ?

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

भारत । ऋतिक रोशन बलिउडका यस्ता अभिनेता हुन् जसले आफ्नो पहिलो फिल्मबाट नै बक्स अफिसमा धमाका मच्चाएका थिए । फिल्म ‘कहो ना प्यार है’ बाट ऋतिक रोशन रातारात प्रशंसकको मनमा छाएका छन् । उनको नृत्यलाई मन पराउने धेरै छन् । तर इन्डष्ट्रिमा नाम र चर्चा पाउँदा पनि ऋतिकलाई स्टारडम बोझ लाग्छ । आखिर यसको कारण के हो ? यसबारे ऋतिक आफैँले खुलासा गरेका छन् ।

स्टारडमबारे के भन्छन् ऋतिक ?

ऋतिक रोशले गलाट्टा प्लसलाई अन्तरवार्तामा स्टारडमबारे खुलेर कुराकानी गरेका छन् । ऋतिकले भनेका छन्, ‘एक अभिनेताको रुपमा कसैले मेरो तारिफ गर्छन् वा मेरो बारे कुरा गर्छन्, तब निकै राम्रो लाग्छ । म सुरक्षित महसुस गर्छु तर मानिसहरुको आशा मलाई एक बोझ जस्तै लाग्छ ।’ऋतिकले भने, ‘ तर यो सबैको लागि सत्य होइन । यसले म साँच्चै धेरै सहज, शान्त छु भनेर देखाउँछ। स्टार हुनु जिम्मेवारी हो । यसका लागि म धेरै आभारी छु । मलाई गलत नठान्नुहोस्। म आभारी छु र म यो कुराको कदर गर्छु ।’ऋतिकले थपे, ‘मलाई थाहा छ, यो मलाई दिइएको हो । यो मैले उपहारस्वरुप पाएको हुँ तर साथै यो एउटा बोझ पनि हो, जसलाई मैले बोकिरहेको छु । यसलाई कायम राख्न मैले असाध्यै मेहेनत गर्नुपर्नेछ । म यसबाट अघि बढ्न चाहन्छु । तर यो एउटा यात्रा हो । जब कुनै अपेक्षा वा आशा हुँदैन तब एक अभिनेताको रुपमा म असाध्यै नै धेरै आनन्दित महसुस गर्छु ।’

यो हो ऋतिकलाई मनपर्ने फिल्म

ऋतिकले आफ्नो फेभरेट परफर्मेन्सबारे पनि कुराकानी गरे । उनले भने, ‘मेरो विचारमा मेरो सबैभन्दा राम्रो प्रस्तुती ‘कोई मिल गया’ मा रह्यो । फिल्मको पात्रको म निकै नजिक थिएँ । हालै मैले पूरा गर्वका साथ मैले त्यो फिल्म आफ्नो छोरालाई देखाएँ । उनको आँखाबाट फिल्म हेर्दा मैले त्यसमा के राम्रो गरेँ वा के राम्रो गर्न सक्थेँ भनेर महसुस भयो ।’साभार : रातोपाटी

`
12 comments
बडादशैंको आठौँ दिन आज महागौरीको पूजा गरिँदै

काठमाडौं, कात्तिक १ : नवरात्रको आठौँ दिन अर्थात् महाअष्टमीका अवसरमा आज देशभर शक्तिस्वरूपा महागौरी देवीको विधिपूà..

5 घन्टा पहिले

कोजाग्रत पूर्णिमामा यस वर्ष कांग्रेसको चियापान कार्यक्..

काठमाडौं, कात्तिक१ : नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान कार्यक्रम नà..

5 घन्टा पहिले

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

1 दिन पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

1 दिन पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

2 दिन पहिले