Janakpurdham
Fri, Aug 07, 2026
`

जनकपुरधाममा जारी टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेश ९ विकेटले पराजित

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम  । जनकपुरधाममा जारी महेन्द्रनारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको पाँचौँ दिनको बिहानको खेलमा मधेश प्रदेशले आज ऐतिहासिक जीत निकालेको छ । नेपाल क्रिकेट संघ मधेश प्रदेशको आयोजनामा जनकपुरधामको रजौलमा निर्माणाधीन अवस्थामा रहेको रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालामा पहिले ब्याटिङले गर्दै बागमती प्रदेशले ७ विकेट गुमाएर २० ओभर खेल्दै ८२ रन जोडेको थियो । प्रतिउत्तरमा ब्याटिङका लागि आएका मधेश प्रदेशले १ विकेटको क्षतिमा १३.२ ओभरको खेलमा पवन सर्राफको छक्का प्रहारको मद्दतले ८६ रन बनाएर ९ विकेटले विजयी भएको छ । 

मधेश प्रदेशले यो जीतसँगै हालसम्म चार वटा खेल खेलेकोमा सबैमा जीत निकालेको छ । मधेश प्रदेशका बलिङ लाइन पनि सशक्त भएका कारणले बागमतीका व्याट्स म्यानले सन्तोषजनक रन बनाउन सकेनन् । मधेश प्रदेशका तर्फबाट पवन सर्राफले ४० वलमा ५४ रन जोडे भने मान यादवले २८ रन बनाए । पवन सर्राफले महेन्द्र नारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा दोस्रो अर्ध शतक प्रहार गर्ने खेलाडी पनि बन्न सफल भए । दिउँसोको खेलमा कोशी प्रदेशले गण्डकी प्रदेश विरुद्ध पहिलो ब्याटिङ गर्दै सबै विकेट गुमाएर १ सय ४१ रनको लक्ष्य दिएको छ  । गण्डकी प्रदेशले अहिले ब्याटिङ गरिरहेको छ । गण्डकीले २ ओभरमा १ विकेट गुमाउँदै ९ रन जोडेर खेलिरहेको छ ।  साभार : रेडियो नेपाल

`
12 comments
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..

7 मिनट पहिले

कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..

काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..

9 मिनट पहिले

भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

24 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

24 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले