Janakpurdham
Sat, Mar 07, 2026
`

मंगल ग्रहमा पहिलो पटक उड्यो हेलिकप्टर

5 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ — अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल भएको छ । योसँगै पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान इन्ज्युनिटी बनेको हो । 

पृथ्वीबाट कमान्ड दिएर अन्य ग्रहमा मानवनिर्मित यान उडाइएको यो पहिलो हो । सोमबार नेपाली समय अनुसार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको थियो ।

मार्स हेलिकप्टर मिसनकी प्रोजेक्ट म्यानेजर मिमि युङले पहिलो टेस्ट फ्लाइट सफल भएको बताउँदै नासाको जेट प्रोपुल्सन ल्याबोरेटरीलाई धन्यवाद दिएकी छन् । उनले खुसी हुँदै भनिन्, 'पृथ्वीमा पहिलो पटक राइट दाजुभाइले विमान उडाउँदाको क्षणबारे हामी सधैं कुरा गरिरहन्छौं । मंगल ग्रहको यो उडान पनि त्यस्तै हो । '

हेलिकप्टर उडेको तस्बिर पनि नासाले सार्वजनिक गरेको छ । एक केजी ८ सय ग्रामको यो हेलिकप्टर तयार गर्नका लागि नासाले ८५ मिलियन अमेरिकी डलर खर्च गरेको छ ।

प्राचीन इतिहास अध्ययन गर्नका लागि पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टरलाई सन् २०२० को जुलाई ३० तारिखका दिन त्यसतर्फ पठाइएको थियो । पर्सिभरेन्स रोभरसँगै यो हेलिकप्टर मंगल ग्रहको जेजिरो क्रेटरमा १८ फेब्रुअरीको २०२१मा अवतरण भएको थियो ।

`
12 comments
मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी

मनाङ , फाल्गुन २३ गते । मनाङमा पनि नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङले २ हजार ४१५ ..

14 घन्टा पहिले

बालेन ओलीको मतान्तर १० हजार ६३४

विराटनगर, फाल्गुन २३ गते । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बाल..

14 घन्टा पहिले

प्रधानमन्त्रीको प्रशंसा गर्दै बालेनले भने : आज लोकतन्त्..

काठमाडौं, फागुन २१ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्री सुशीला कार्क..

2 दिन पहिले

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान

काठमाडौं, फागुन २१ : प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज देशभर मतदान सम्पन्न भएको छ। निर्वाचन आयोगका कार्यवाहक प..

2 दिन पहिले

असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास न..

काठमाडौं, फागुन २० : नेपाली सेनाले सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा वि..

2 दिन पहिले