आज एसईईको नतिजा प्रकाशन गर्ने तयारीमा छैनाैं: राष्ट्रिय परीक्षा बोर्ड
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा(एसईई) परीक्षाको नतिजा प्रकाशन नहुने बताएको छ ।राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले आज नतिजा प्रकाशन गर्ने कुनै तयारी नभएको बताए ।उनले नेपालप्रेससँग भने,‘आज नतिजा प्रकाशन हुँदैछ भन्ने हल्ला निराधार हो । आज प्रकाशन गर्ने कुनै तयारी भएको छैन ।’ उनका अनुसार यो हप्ताभित्रमा नतिजा प्रकाशन हुनेछ ।सबै तयारी पूरा भइसकेको छ, केही विषयमा छलफल गर्नुपर्ने उनले बताए । गत चैतमा एसईई परीक्षा दिएको थियो । एसईईमा यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका थिए ।साभार : नेपाल प्रेस
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरू
रौतहट, कात्तिक ८ : आस्थाको महान पर्व छठका लागि अहिले रौतहटका नदी, खोला ताल तथा पोखरीहरु बेहुली झैं सिँगारिएका छन्।..
4 घन्टा पहिले
छठ पर्व विधिवत सुरु, आज ‘नहाय, खाय’
जनकपुर, कात्तिक ८ : आस्था र विश्वासको पर्वको रुपमा चिनिने छठ पर्व आज देखि विधिवत सुरु भएको छ। चार दिनसम्म श्रद्ध..
4 घन्टा पहिले
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
2 दिन पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
2 दिन पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
3 दिन पहिले