एसईईको नतिजा प्रकाशनका लागि १ बजे बोर्ड बैठक बस्दै
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
काठमाडौं, असार २१ गते । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि आज (बिहीबार) दिउँसो १ बजे बोर्ड बैठक बस्दैछ ।हिजो (बुधबार)नै नतिजा प्रकाशनको तयारीका लागि बोर्ड बैठक बोलाइए पनि केही त्रुटी सुधार्न भन्दै आजका लागि बैठक सारिएको हो ।राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० तर्फका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार एसईई नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको छ ।उहाँले भन्नुभयो, ‘‘दिउँसो १ बजे एसईईको नतिजा प्रकाशनको सन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाइएको छ । सकेसम्म आज साँझ नै नतिजा प्रकाशित गर्छौ, नत्र भोलि साँझसम्म नतिजा आउछ ।’’गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी थिए । यसअघि सोमबार बसेको बोर्ड बैठकले गत वर्षकै निर्णयको आधारमा यसपालि पनि पुरानै निर्देशिकाअनुसार नतिजा प्रकाशन गर्ने निष्कर्ष निकालेको छ ।गत वर्ष लेटर ग्रेडिङ निर्देशिका–२०७८ कार्यविधि लागू भए पनि २०७२ अनुसार नै नतिजा प्रकाशित गरिएको थियो ।साभार : गोरखापत्र
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..
काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..
16 घन्टा पहिले
आज घर–घरमा फूलपाती भित्र्याइँदै
काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..
16 घन्टा पहिले
नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..
काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..
2 दिन पहिले
कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..
काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..
2 दिन पहिले
घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..
काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..
3 दिन पहिले