Janakpurdham
Sat, Jul 11, 2026
`

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ एसईईको रिजल्ट

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडाैं । एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजा आएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर छन् । तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षाको नतिजा सहजै हेर्ने व्यवस्था गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए ।यसका लागि विद्यार्थीले वेबसाइड, एसएमएस र आइभिआरबाट हेर्न सकिने उनले बताए । परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गरी प्राप्त निर्देशनअनुसार नतिजा जान्न सकिने व्यवस्था गरेको छ ।त्यस्तै एसएमएस र इन्टरनेटको माध्यमबाट पनि नतिजा हेर्न सकिने छ । परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाइटमा नतिजा हेर्न सक्ने व्यबस्था गरेको छ । एसएमएसका लागि १६००, ३१००३, ३४९४९, ३५००१ र ३१०६४ मा डायल गर्न सक्ने व्यवस्था गरेको छ ।नतिजाका हेर्नका लागि राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० को परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरको बेवसाइट www.see.gov.np मा हेर्न सकिने बोर्डले जनाएको छ ।त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, नेपाल टेलिकम लगायतबाट नतिजा हेर्न सकिने व्यवस्था गरिएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
‘गणेश नेपालीको घटनाले समाज र राज्यलाई झस्काएको छ’

काठमाडौं, असार २६ : नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि भएको निधनप्रति दुःख व्यक्त गर्द..

3 घन्टा पहिले

गणेश नेपाली प्रकरणमा गृहमन्त्रीले सोधे– घटनास्थलमा कुन..

काठमाडौं, असार २६ : गृहमन्त्री सुधन गुरुङ प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्ने क्रममा भावुक बनेका छन् । रा..

3 घन्टा पहिले

अस्ट्रेलिया र भारतबिच युरेनियम निर्यात सम्झौता

एजेन्सी, असार २५ गते ।अस्ट्रेलिया र भारतबिच अस्ट्रेलियाली युरेनियम भारतलाई निर्यात गर्ने महत्त्वपूर्ण सम्झौता..

1 दिन पहिले

इरानी आक्रमणपछि खसेको भग्नावशेषबाट कुवेतमा एक जना घाइत..

एजेन्सी, असार २५ गते ।  इरानले कुवेततर्फ प्रहार गरेका क्षेप्यास्त्र र ड्रोनलाई अवरोध गर्ने क्रममा खसेको भग्न..

1 दिन पहिले

ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित..

काठमाडौं, असार २५ : आगामी साउन १ गतेदेखि नेपाली फिल्म ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन..

1 दिन पहिले