जोगबनी नाकामा बढाइयो निगरानी : घरायसी किनमेलमा पनि अनिवार्य भन्सार
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin
विराटनगर । अवैध व्यापारका कारण विराटनगरको बजार व्यवसाय धराशायी भएको भन्दै जोगबनी नाकामा कडाइ गरिएको छ । विराटनगर महानगरपालिकाले साउन १ गतेबाट जोगबनीमा हुने किनमेललाई कडाइ गरेको हो ।यो भन्सारबाट घरायसी प्रयोजनका लागि ल्याउने सामानमा समेत अनिवार्य भन्सार लिन थालिएको हो । महानगरको अगुवाइमा सरोकारवालासँग भएको छलफलपछि जोगबनीबाट ल्याएका सबै मालवस्तुको भन्सार सीमामै काट्न थालिएको छ । भारतीय बजारमा सामान सस्तो हुने भन्दै विराटगर, सुनसरीका स्थानीय घरायसी सामान किन्न जोगबनी जाने गरेका छन् ।विराटनगर महानगरपालिकाकाले विनाभन्सार सामान ल्याउँदा स्थानीय व्यापारीलाई असर परे मेयर नागेश कोइरालाले बताए । ‘विराटनगरको बजारलाई प्रवर्द्धन गर्न सीमा नाकामा कडाइ गर्न लागिएको हो । अब हरेक सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्नेछ, सीमापार सामान किन्न जानुभन्दा विराटनगरकै बजारमा सामान किन्दा व्यवसाय प्रवर्द्धन हुन्छ भन्ने हो ’, कोइरालाले भने ।

व्यापारीले गुनासो गरेपछि सरोकारवालासँग छलफल गरेर नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सारले कडाइ गर्ने सहमति भएअनुसार जुनसुकै सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था गरिएको मेयर कोइरालाले नेपाल प्रेसलाई बताए ।महानगरपालिकाले क्षेत्राधिकार मिच्यो भन्ने टिप्पणीप्रति उनले भने, ‘क्षेत्राधिकार मिच्यो भन्नु गलत हो, यो विषयमा बढी बुझाई भएको देखिन्छ । हामीले नुनदेखि सुनसम्म खरिदका लागि कडाइ गर्ने भनेका हौं, यसमा महानगरपालिकाको कोही पनि कर्मचारी हुँदैन, भन्सारमा खटिने निकायहरूले नै कडाइ गर्ने हुन् ।’यसअघि रवि लामिछाने गृहमन्त्री हुँदा एक सय रूपैयाँभन्दा बढी सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने नियम लगाइएको थियो । रवि गृहमन्त्रीबाट हट्नासाथ पुन: पुरानै अवस्थामा फर्कियो । महानगरपालिकाले अहिले गरेको कडाइ कार्यान्वयन हुनेमा अधिकांशले शंका गरेका छन् ।साभार : नेपाल प्रेस
राष्ट्रपति पौडेलले बहिनीहरूबाट साइतमा लगाए टिका
काठमाडौं ,कार्तिक ६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस व..
8 घन्टा पहिले
धमाधम छठ पर्वको तयारी सुरु
जलेश्वर ,कार्तिक ६ गते । तिहार पर्वको समापनसँगै आजदेखि तराई मधेशसहित देशकै प्रमुख चाडको रुपमा मनाइने छठ पर्वको ध..
8 घन्टा पहिले
जनकपुरधाममा छठपर्वको तयारी सुरु
धनुषा ,कार्तिक ५ गते । दिपावली सकिएसँगै जनकपुरधाममा मनाइने छठ पर्वका लागि तयारी सुरु भएको छ । छठ पर्व नजिकिँदै गएप..
1 दिन पहिले
तोकिएकै समयमा निर्वाचन हुनुपर्छः प्रचण्ड
महेन्द्रनगर (धनुषा) ,कार्तिक ५ गते । नेकपा (माओवादी केन्द्र) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्..
1 दिन पहिले
जेनजी आन्दोलका घाइतेहरूसँग प्रधानमन्त्री कार्कीले गरि..
काठमाडौं, कात्तिक ४ : प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी स..
2 दिन पहिले