Janakpurdham
Sun, Oct 18, 2026
`

विराटनगरका ११ वटा संस्थागत विद्यालयलाई कारबाही हुँदै

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेस नगर्ने ११ वटा निजी विद्यालयलाई महानगरपालिकाले कारबाही गर्ने भएको छ ।छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयहरूलाई २४ घण्टे अल्टिमेटम दिएको अवधिमा महानगरपालिकाले विवरण नबुझाएको र सम्पर्कमा नआएकाले कारबाही गरिने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए ।विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयहरूमाथि कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।निर्धारित समयमा विवरण नबुझाउने विद्यालयहरूमा विराट मोर्डन पब्लिक स्कुल विराटनगर १८, मेरिगोल्ड सेकेण्डरी इङ्लिस स्कुल विराटनगर ६, उदयनन्द मेमोरियल सेकेण्डरी इङ्लिस स्कुल विराटनगर ४, डिजेभिएमईबो स्कुल विराटनगर १८ रहेका छन् ।त्यस्तै एमीटी इन्टरनेशनल स्कुल विराटनगर ८, एकता ब्राईटफ्युचर स्कुल विराटनगर ६, पाथीभरा इङ्लिस बोर्डिङ स्कुल विराटनगर ८, लालीगुराँस एकेडेमी विराटनगर १९, शिव विद्यामन्दिर स्कुल विराटनगर ११, सनराईज नेशनल इ.बो. स्कुल र बालबालिका इबो स्कुललाई कारबाहीको अन्तिम तयारी थालिएको मेयर कोइरालाले जानकारी दिए ।‘हामीले पहिलो चरणमा स्पष्टीकरण सोधेका थियौँ,सोधिएको २४ घण्टे स्पष्टीकरणबाट पनि विवरण आएको छैन, उनले भने, अब हामी कसरी अगाडी बढ्ने भन्ने बारेमा १।२ दिन भित्रै अर्को बैठक बसेर निर्णय गर्नेछौँ ।’एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको सङ्ख्या ८९ रहेको छ ।त्यस्तै (आईईएमआईएस)मा दर्ता नभएका विद्यालयको सङ्ख्ययासमेत जोड्ने हो भने महानगरभित्र करिब एक सयको हाराहारीमा संस्थागत विद्यालयहरू सञ्चालनमा रहेको महानगरपालिकाले जनाएको छ ।साभार : नेपाल प्रेस

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

12 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

12 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

2 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

2 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले