
विराटनगरका ११ वटा संस्थागत विद्यालयलाई कारबाही हुँदै
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

विराटनगर । विराटनगर महानगरपालिकाले छात्रवृत्तिको विवरण पेस नगर्ने ११ वटा निजी विद्यालयलाई महानगरपालिकाले कारबाही गर्ने भएको छ ।छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयहरूलाई २४ घण्टे अल्टिमेटम दिएको अवधिमा महानगरपालिकाले विवरण नबुझाएको र सम्पर्कमा नआएकाले कारबाही गरिने विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले जानकारी दिए ।विराटनगर महानगरपालिकाको संस्थागत छात्रवृत्ति व्यवस्थापन समितिको बैठकले सोमबार कार्यालय समयभित्र छात्रवृत्तिको विवरण पेस नगर्ने विद्यालयहरूमाथि कानुनी कारबाही अगाडि बढाउने निर्णय गरेको हो ।निर्धारित समयमा विवरण नबुझाउने विद्यालयहरूमा विराट मोर्डन पब्लिक स्कुल विराटनगर १८, मेरिगोल्ड सेकेण्डरी इङ्लिस स्कुल विराटनगर ६, उदयनन्द मेमोरियल सेकेण्डरी इङ्लिस स्कुल विराटनगर ४, डिजेभिएमईबो स्कुल विराटनगर १८ रहेका छन् ।त्यस्तै एमीटी इन्टरनेशनल स्कुल विराटनगर ८, एकता ब्राईटफ्युचर स्कुल विराटनगर ६, पाथीभरा इङ्लिस बोर्डिङ स्कुल विराटनगर ८, लालीगुराँस एकेडेमी विराटनगर १९, शिव विद्यामन्दिर स्कुल विराटनगर ११, सनराईज नेशनल इ.बो. स्कुल र बालबालिका इबो स्कुललाई कारबाहीको अन्तिम तयारी थालिएको मेयर कोइरालाले जानकारी दिए ।‘हामीले पहिलो चरणमा स्पष्टीकरण सोधेका थियौँ,सोधिएको २४ घण्टे स्पष्टीकरणबाट पनि विवरण आएको छैन, उनले भने, अब हामी कसरी अगाडी बढ्ने भन्ने बारेमा १।२ दिन भित्रै अर्को बैठक बसेर निर्णय गर्नेछौँ ।’एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली (आईईएमआईएस) अनुसार विराटनगर महानगरपालिका क्षेत्रभित्र संस्थागत विद्यालयको सङ्ख्या ८९ रहेको छ ।त्यस्तै (आईईएमआईएस)मा दर्ता नभएका विद्यालयको सङ्ख्ययासमेत जोड्ने हो भने महानगरभित्र करिब एक सयको हाराहारीमा संस्थागत विद्यालयहरू सञ्चालनमा रहेको महानगरपालिकाले जनाएको छ ।साभार : नेपाल प्रेस

नेपाल डम्पिङ साइट बन्न सक्दैन : मन्त्री भण्डारी
काठमाडौं, साउन १३ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपाल डम्पिङ साइट नभएको बताएका छन्। मं..
9 घन्टा पहिले
पत्नी हत्या गरी ५ वर्ष जेल बसेर आएका रामबाबुले तीनजनालाई..
धनुषा,श्रावण १३ गते । जनकपुरधाम उपमहानगरपालिका-४ मा धारिलो हतियार प्रहार गरी एक बालिकाको हत्या गरिएको छ । घटनामा ..
9 घन्टा पहिले
स्वास्थ्य क्षेत्रको सुधार अझै अपूर्ण छ : मन्त्री पौडेल
काठमाडौं, साउन १२ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा अझै पनि सुधार ग..
23 घन्टा पहिले
माधव नेपालले पाएनन् भ्रष्टाचार मुद्दामा वारेश राख्ने अ..
काठमाडौं, साउन १२ : विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई उनीविरुद्धको भ्रष्टाचार मुद्दामा वा..
23 घन्टा पहिले
एआई भविष्यको सपना होइन, अहिलेको आवश्यकता हो : सभापति देउव..
काठमाडौं, साउन ११ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) भविष्यको कल्पना ..
2 दिन पहिले