Janakpurdham
Thu, Aug 28, 2025
`

स्व. पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कार २०७८ बाट तामाकोशी एफ एम का स्टेसन म्यानेजर बस्नेत पुरस्कृत, १६ औँ देवदास स्मृति सभाको अवसरमा पत्रकार महासंघ दोलखाबाट ६ जना पत्रकार सम्मानित

4 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

सम्पादक
भदौ १६, काठमाण्डौ ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक सभापति देवदास श्रेष्ठको १६ औ स्मृति दिवसको अवसरमा दोलखा शाखाले स्मृति सभा तथा पुरस्कार वितरण कार्यक्रम समपन्न गरेको छ ।
भिमेश्वर नगपालिकाका प्रमुख भरत बहादुर के.सी. को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्व. पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कार २०७८ बाट तामाकोशी एफ एम का स्टेसन म्यानेजर दिपक बस्नेत पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले स्थापना गरेको स्वर्गिय पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट बस्नेत पुरस्कृत हुनु भएको हो । दोलखाली जनताको मनमुटुमा बस्न सफल तथा लोकपृय नेता एवंम बागमती प्रदेशका सांसद चौंलागाईले पत्रकार महासंघमा गणतान्त्रिक पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको थियो । सांसद चौंलागाईको कोरोनाका कारण निधन भएपछि सो पुरस्कारलाई स्वर्गिय पशुपति चौंलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कार नामकरण गरेको जनाइएको छ । यो बर्षबाट सुरु गरिएको पहिलो पुरस्कारबाट बस्नेत नगद ५ हजार र सम्मान पत्र सहित पुरस्कृत हुनुभएको हो ।
१६ औं देवदास स्मृति सभाको अबसरमा दोलखाका ६ जना कृयाशिल पत्रकार सम्मानित हुनभएको छ । यो बर्ष देवदास पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार सन्तोषि कार्की सम्मानित हुनुभएको छ । कार्की जिल्लाबाट प्रकाशित तथा प्रसारण हुने संचार माध्यम लगाएत राष्ट्रिय संचार माध्यममा आवद्ध भई लामो समय देखि पत्रकारिता क्षेत्रमा काम गर्दै आउँनु भएको छ । सम्मानित हुने हरुमा स्वर्गीय रबिन्द्र स्मृति पत्रकारीता पुरस्कार बाट प्रेस काउन्सिलका सदस्य एबम नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, बिकास पत्रकारिता पुरस्कार बाट रेडियो भिमेश्वर दोलखाका स्टेसन मेनेजर गोकर्ण प्रसाद भण्डारी, इन्द्र मणि पत्रकारीता पुरस्कर बाट नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष शृजन कुमार घिमिरे , र सुजल पत्रकारीता  पुरस्कार बाट पत्रकार बाबुराम शर्मा पुरस्कृत हुनुभएको हो ।  पत्रकार महासंघ दोलखाले केहि महिना अघि कोभिड संक्रमणका कारण मृत्यु भएका स्वर्गीय पत्रकार रबिन्द्र गौतमको सम्झनामा समेत प्रत्येक वर्ष रबिन्द्र स्मृति सभा गर्नेगरि पुरस्कार घोषणा गरेको छ। कार्यक्रम नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाईंको अध्यक्षता र भिमेश्वर नगरपालिका मेयर भरत बहादुर केसिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सभामा प्रेस काउन्सील नेपालका सदस्य चिरञ्जीवी मास्के, दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, सामुदायीक रेडियो प्रशारक संघका पूर्व केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष उद्धव पोखरेल, प्रस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।



`
12 comments
रुबी साहको हत्या आरोपी लक्ष्मणको मृत्यु

रौतहट, भदौ ११ : रौतहट प्रहरीले हत्याको अभियोगमा पक्राउ गरेको लक्ष्मण पासवानको उपचारको क्रममा मृत्यु भएको छ।  ..

3 घन्टा पहिले

सामाजिक सञ्जाललाई ७ दिनभित्र सूचीकरण हुन आह्वान

काठमाडौं, भदौ ११ : सरकारले सामाजिक सञ्जालहरूलाई ७ सात दिनको समय प्रदान गर्दैसञ्चार तथा सूचना प्रविधि मन्त्रालय..

3 घन्टा पहिले

मिथिला क्षेत्रमा आज चौरचन पर्व मनाइँदै

जलेश्वर (महोत्तरी),भदौ १० गते । मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ । श्रद्धा र आस्थाको पर..

2 दिन पहिले

जनकपुरधाममा राष्ट्रिय मुक्ति पार्टी धनुषा समितिको बैठक..

जनकपुरधाम, २०८२ भदौ ९ गते ।राष्ट्रिय मुक्ति पार्टी धनुषा जिल्ला समितिको दुई दिनदेखि चलिरहेको तयारी बैठक सोमबार स..

2 दिन पहिले

मधेश प्रदेश सरकारद्वारा १ सय ४० सहिद परिवारको निःशुल्क स..

जनकपुरधाम ,भदौ ८ गते । मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठान मार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बिमा ..

3 दिन पहिले