स्व. पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कार २०७८ बाट तामाकोशी एफ एम का स्टेसन म्यानेजर बस्नेत पुरस्कृत, १६ औँ देवदास स्मृति सभाको अवसरमा पत्रकार महासंघ दोलखाबाट ६ जना पत्रकार सम्मानित
5 वर्ष पहिले प्रकाशित
Esandhyakalin
सम्पादक
भदौ १६, काठमाण्डौ ।
नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक सभापति देवदास श्रेष्ठको १६ औ स्मृति दिवसको अवसरमा दोलखा शाखाले स्मृति सभा तथा पुरस्कार वितरण कार्यक्रम समपन्न गरेको छ ।
भिमेश्वर नगपालिकाका प्रमुख भरत बहादुर के.सी. को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्व. पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कार २०७८ बाट तामाकोशी एफ एम का स्टेसन म्यानेजर दिपक बस्नेत पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ दोलखा शाखाले स्थापना गरेको स्वर्गिय पशुपति चौलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कारबाट बस्नेत पुरस्कृत हुनु भएको हो । दोलखाली जनताको मनमुटुमा बस्न सफल तथा लोकपृय नेता एवंम बागमती प्रदेशका सांसद चौंलागाईले पत्रकार महासंघमा गणतान्त्रिक पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको थियो । सांसद चौंलागाईको कोरोनाका कारण निधन भएपछि सो पुरस्कारलाई स्वर्गिय पशुपति चौंलागाई स्मृति गणतान्त्रिक पत्रकारिता पुरस्कार नामकरण गरेको जनाइएको छ । यो बर्षबाट सुरु गरिएको पहिलो पुरस्कारबाट बस्नेत नगद ५ हजार र सम्मान पत्र सहित पुरस्कृत हुनुभएको हो ।
१६ औं देवदास स्मृति सभाको अबसरमा दोलखाका ६ जना कृयाशिल पत्रकार सम्मानित हुनभएको छ । यो बर्ष देवदास पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार सन्तोषि कार्की सम्मानित हुनुभएको छ । कार्की जिल्लाबाट प्रकाशित तथा प्रसारण हुने संचार माध्यम लगाएत राष्ट्रिय संचार माध्यममा आवद्ध भई लामो समय देखि पत्रकारिता क्षेत्रमा काम गर्दै आउँनु भएको छ । सम्मानित हुने हरुमा स्वर्गीय रबिन्द्र स्मृति पत्रकारीता पुरस्कार बाट प्रेस काउन्सिलका सदस्य एबम नेपाल पत्रकार महासंघका पुर्ब केन्द्रिय सदस्य चिरञ्जीवी मास्के, बिकास पत्रकारिता पुरस्कार बाट रेडियो भिमेश्वर दोलखाका स्टेसन मेनेजर गोकर्ण प्रसाद भण्डारी, इन्द्र मणि पत्रकारीता पुरस्कर बाट नेपाल पत्रकार महासंघ दोलखा शाखाका उपाध्यक्ष शृजन कुमार घिमिरे , र सुजल पत्रकारीता पुरस्कार बाट पत्रकार बाबुराम शर्मा पुरस्कृत हुनुभएको हो । पत्रकार महासंघ दोलखाले केहि महिना अघि कोभिड संक्रमणका कारण मृत्यु भएका स्वर्गीय पत्रकार रबिन्द्र गौतमको सम्झनामा समेत प्रत्येक वर्ष रबिन्द्र स्मृति सभा गर्नेगरि पुरस्कार घोषणा गरेको छ। कार्यक्रम नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाईंको अध्यक्षता र भिमेश्वर नगरपालिका मेयर भरत बहादुर केसिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सभामा प्रेस काउन्सील नेपालका सदस्य चिरञ्जीवी मास्के, दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, सामुदायीक रेडियो प्रशारक संघका पूर्व केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासंघ दोलखाका पूर्व अध्यक्ष उद्धव पोखरेल, प्रस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्..
18 घन्टा पहिले
कांग्रेसको राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोध..
काठमाडौं, साउन २२ : नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमा..
18 घन्टा पहिले
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..
काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..
2 दिन पहिले
गृहमन्त्रीले मागे सांसदहरूसँग माफी
काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..
2 दिन पहिले
यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय
काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..
3 दिन पहिले