Janakpurdham
Mon, Aug 18, 2025
`

मण्डवीको प्रशिक्षणको प्रभाव महिला जनप्रतिनिधिहरु मेयर संग प्रश्न गर्न थाले

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम साउन १८ गते । निर्वाचित जनप्रतिनिधिहरुलाई माण्डवीले दिदै आएको नेतृत्व विकास सम्बन्धी विभिन्न चरणको प्रशिक्षणको प्रभाव देखिन थालेको छ । शि लिड्स मध्यवर्ती प्रशिक्षणको पहिलो भोड्युलको जनकपुरधाममा सम्पन्न भएको प्रशिक्षणका क्रममा सहभागी भएका जनकपुरधाम उपमहानगरपािलकाका मेयर मनोज साहलाई उहाँकै महिला वडासदस्यहरुले जनताको विभिन्न प्रकारको समस्या समाधानका लागि प्रश्न गरेका थिए । कुनै बेला केहि पनि बोल्न नसक्ने महिला जनप्रतिनिधिहरु पनि जनताको सेवाका विषयमा जिज्ञासा राख्नु नेतृत्व विकासको उदाहरण बनेको छ । महिला जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै मेयर साहले वडा अध्यक्षले नगरेका कामहरु महिला सदस्य भएर पनि गर्न सकिने बताउदै समस्या समाधानका लागि छलफल गर्न आग्रह पनि गर्नुभयो । प्रशिक्षणको समापन सत्रमा बोल्दै उहाँले वडाध्यक्षले काम नगर्दा वडाध्यक्षको विरोधमा समेत बोल्ने क्षमता बढाउन महिला सदस्यहरुलाई आग्रह गर्नुभयो । भविश्यमा आफुलाई वडासदस्यमा सिमित मात्र नभई वडाध्यक्ष देखि मेयर सम्मको क्षमता रहेका महिला जनप्रतिनिधिहरुले अग्रगामी रुपमा काम गर्नुपर्ने बताउनु भयो । सो समापन सत्रमा बोल्दै माण्डवीका अध्यक्ष अञ्जु झाले निर्वाचित भएर आए देखि अहिलेको समय सम्म महिला वडासदस्यहरुमा नेतृत्व विकास भएको बताउदै अहिलेका महिला नेतृत्वलाई अगामी चुनावमा कसैको दयाले नभई आफ्नो कार्यक्षमताले टिकट पाउने उद्देश्य रहेको बताउनु भयो । तीन दिन सम्म जनकपुरधाम उपमहानगपालिकाका विभिन्न वडाका २६ जना महिला जनप्रतिनिधिहरुलाई प्रशिक्षक द्वय बिजी घिमिरे तथा सम्झना बर्माले सहभागी महिला जनप्रतिनिधिहरुलाई दुस्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति,तथ्यांक संकलन, अध्यावधिक तथा व्यवस्थापन, नैतिकवान नेतृत्व तथा समस्याको विश्लेषणका विषयमा तीन दिन सम्म प्रशिक्षण दिनुभयो । यो प्रशिक्षण पछि सहभागीहरुले आ–आफ्ना वडामा कार्यसम्पादनको क्रममा यसको प्रयोग गर्ने माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । आम जनताको समस्या समाधान गर्न तथा आफ्नो कार्यक्षमतामा निखार ल्याउन महिला जनप्रतिनिधिहरुलाई प्रशिक्षणबाट धेरै फाइदा भएको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १० का वडासदस्य तथा कार्यपालिका सदस्य नितु मल्लिकले बताउनु भयो । शी लिड्स तालिमको मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलले महिला वडा सदस्यको नेतृत्व भूमिकालाई निरन्तरता दिदै, महिला वडा सदस्यंको आत्मविश्वास र नेतृत्व सीपलाई अझ निखार्दै नैतिकवान, समस्या विश्लेषण, तथ्यांक विश्लेषण लगायतका विषयमा आफ्नो भूमिकालाई बढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका थप सीप र ज्ञानको विकास गर्न सहयोग पु¥याउने प्रशिक्षकको भनाई छ ।प्रशिक्षणको समापन सत्रमा सहभागी महिला नेतृत्वहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा मधेश प्रदेशका ५ बारा, रौटहट, सर्लाही, महोत्तरी तथा धनुषा जिल्लाका २८ वटा पालिकामा शि लिड्स कार्यक्रम संचालित छन ।

`
12 comments
वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..

जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..

1 घन्टा पहिले

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

16 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

16 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले