Janakpurdham
Mon, Aug 18, 2025
`

पहुँचयुक्तता परीक्षण प्रतिवेदन हस्तान्तरण कार्यक्रम

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 जनकपुरधाम साउन १८ गते । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशले पहुँचयुक्तता परीक्षण प्रतिवेदन हस्तान्तरण गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी यादव, उच्च अदालतका माननीय मुख्य न्यायधिश शाराङ्गा सुवेदी, राजिष्ट्रार खडक राज अधिकारी र जिल्ला प्रहरी कार्यालयमा डिएसपी वेद प्रसाद गौतमलाई कार्य कक्षमा गई सो प्रतिवेदन हस्तान्तरण गरिएको हो । तालिम प्राप्त प्राविधिक टोली सहित अपाङ्गता भएका व्यक्ति, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेशले गत वर्ष धनुषा जिल्लाको १२ वटा सरकारी कार्यालयहरूको पहुँचयुक्तता परीक्षण गरेको थियो । उक्त सर्वेक्षण प्रतिवेदनले विद्यमान अवस्थामा रहेका अवरोधयुक्त संरचनाहरू हटाएर अवरोधमुक्त वनाउनका लागि सुझावहरू दिएका छन् । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा महासंघका अध्यक्ष किरण कुमार पासवानले प्रतिवेनको पृष्ठभूमि प्रतिवेदनको उद्देश्य र यस प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्नमा खासै खर्चको भार पनि नपर्ने भएकाले प्रतिवेदन मार्फत हामीले दिएको सुझाव कार्यान्वयनमा आउने कुरामा आशावादी रहेको कुरा वताउनु भयो । त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि राजिव कर्णले यस प्रतिवेदनले दिएको सुझावहरूलाई कार्यान्वयन गर्नका लागि मानव अधिकार आयोगको समेत सिफारिस रहेको हुँदा सम्वन्धित कार्यालयहरूले महत्व दिनु पर्ने कुरा वताउनु भयो । उहाँले यस प्रतिवेदनको कार्यान्वयन पक्षलाई राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने समेत जानकारी गराउनु भयो । उक्त प्रतिवेदन हस्तान्तरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाको पहुँचयुक्तता जनवकालत समूह, प्रदेश परियोजना कार्यदलका संयोजक तथा सदस्यहरू, महासंघका अध्यक्ष किरण कुमार पासवान, मानव अधिकार आयोगका प्रतिनीधि राजिव कर्ण, महासंघका कर्मचारी प्रकाश नेपाली, चन्द्र राई, मधु गुप्ता र ज्योति साह लगायत टिमको उपस्थिति रहेको थियो । वाँकी कार्यालयको पहुँचयुक्त परीक्षण प्रतिवेदन क्रमश हस्तान्तरण गरिने कुरा समाचार श्रोतले जानकारी गराएको छ ।

`
12 comments
वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..

जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..

1 घन्टा पहिले

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

16 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

16 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले