Janakpurdham
Fri, Aug 07, 2026
`

पहुँचयुक्तता परीक्षण प्रतिवेदन हस्तान्तरण कार्यक्रम

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

 जनकपुरधाम साउन १८ गते । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशले पहुँचयुक्तता परीक्षण प्रतिवेदन हस्तान्तरण गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी यादव, उच्च अदालतका माननीय मुख्य न्यायधिश शाराङ्गा सुवेदी, राजिष्ट्रार खडक राज अधिकारी र जिल्ला प्रहरी कार्यालयमा डिएसपी वेद प्रसाद गौतमलाई कार्य कक्षमा गई सो प्रतिवेदन हस्तान्तरण गरिएको हो । तालिम प्राप्त प्राविधिक टोली सहित अपाङ्गता भएका व्यक्ति, राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेशले गत वर्ष धनुषा जिल्लाको १२ वटा सरकारी कार्यालयहरूको पहुँचयुक्तता परीक्षण गरेको थियो । उक्त सर्वेक्षण प्रतिवेदनले विद्यमान अवस्थामा रहेका अवरोधयुक्त संरचनाहरू हटाएर अवरोधमुक्त वनाउनका लागि सुझावहरू दिएका छन् । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा महासंघका अध्यक्ष किरण कुमार पासवानले प्रतिवेनको पृष्ठभूमि प्रतिवेदनको उद्देश्य र यस प्रतिवेदनले दिएको सुझाव कार्यान्वयन गर्नमा खासै खर्चको भार पनि नपर्ने भएकाले प्रतिवेदन मार्फत हामीले दिएको सुझाव कार्यान्वयनमा आउने कुरामा आशावादी रहेको कुरा वताउनु भयो । त्यसैगरी राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि राजिव कर्णले यस प्रतिवेदनले दिएको सुझावहरूलाई कार्यान्वयन गर्नका लागि मानव अधिकार आयोगको समेत सिफारिस रहेको हुँदा सम्वन्धित कार्यालयहरूले महत्व दिनु पर्ने कुरा वताउनु भयो । उहाँले यस प्रतिवेदनको कार्यान्वयन पक्षलाई राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गर्ने समेत जानकारी गराउनु भयो । उक्त प्रतिवेदन हस्तान्तरण कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाको पहुँचयुक्तता जनवकालत समूह, प्रदेश परियोजना कार्यदलका संयोजक तथा सदस्यहरू, महासंघका अध्यक्ष किरण कुमार पासवान, मानव अधिकार आयोगका प्रतिनीधि राजिव कर्ण, महासंघका कर्मचारी प्रकाश नेपाली, चन्द्र राई, मधु गुप्ता र ज्योति साह लगायत टिमको उपस्थिति रहेको थियो । वाँकी कार्यालयको पहुँचयुक्त परीक्षण प्रतिवेदन क्रमश हस्तान्तरण गरिने कुरा समाचार श्रोतले जानकारी गराएको छ ।

`
12 comments
भूमि प्रशासनका लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अ..

काठमाडौं, साउन २१ : भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशास..

19 घन्टा पहिले

गृहमन्त्रीले मागे सांसदहरूसँग माफी

काठमाडौं, श्रावण २१ गते । गृहमन्त्री सुधन गुरुङले राष्ट्रियसभा बैठकमा सांसदहरूसँग माफी मागेका छन्। राष्ट्रिय..

19 घन्टा पहिले

यस्ता छन् मन्त्रिपरिषद् बैठकका सात निर्णय

काठमाडौं, साउन २० : सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष पदमा प्रा डा. खड्ग बहादुर केसीलाई नियुक्त गरेको..

2 दिन पहिले

सरकारको कार्यशैलीप्रति कांग्रेसको असन्तुष्टि, सुशासन र..

काठमाडौं, साउन २० : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको कार्यशैली, निर्णय प्रक्रिया, सुशासन र नागरिक..

2 दिन पहिले

मधेशमा सधैं गोली नै किन चल्छ? राज्यको बल प्रयोगमाथि सांस..

काठमाडौं, साउन १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले तराई–मधेशमा भएका पछिल्ला ..

3 दिन पहिले