Janakpurdham
Mon, Aug 18, 2025
`

मधेशमा खडेरीः धनुषा र महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । पर्याप्त वर्षा नभएपछि धान रोपाइँ न्यून भएकाले सुख्खा क्षेत्र घोषणा गर्न जिल्ला विपद् व्यवस्थापन समिति धनुषा र महोत्तरीले सरकारलाई सिफारिस गरेको छ ।विपद् व्यवस्थापन समितिको निर्णयअनुसार जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन गृहमन्त्रालयमा सिफारिस पठाएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।उनले भने, ‘किसानको अवस्था नाजुक छ । वर्षा भएन । सिँचाइ नहुँदा मात्र ३०/३५ प्रतिशत रोपाइँ भयो । त्यो पनि सुक्न थालेको छ । त्यसैले सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने देखिएको छ ।’सुख्खा क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस पठाएको र घोषणा भइसकेपछि किसान राहत पाउने बताए । उनकाअनुसार जिल्लामा खानेपानीको पनि समस्या भएको छ । वाटर लेभल तल गएपछि चापाकल, इनार र डिप बोरिङहरू पनि सुक्न थालेको अवस्था छ ।‘कतिपय ठाउँमा ट्यांकरले खानेपानी पुर्‍याउनुपर्ने अवस्था सृजना भएको छ’, प्रजिअ दाहालले भने, ‘यसका लागि सम्बन्धित पालिकालाई भनेका छौं । प्रदेश सरकार पनि सहयोग गर्छ । जहाँ खानेपानीको समस्या भएको छ, त्यहाँका पालिकाले ट्यांकरले भएपनि पानी पुर्‍याउँछ ।’कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख राम यादवले जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिले गरेको जानकारी दिए ।‘हिजो बसेको समितिको बैठकले सुख्खा क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ’, उनले भने, ‘हिजो बैठक ढिलो गरी सकियो । त्यसैले समितिको अध्यक्ष सीडीओ साहेबले आज संघ र प्रदेश सरकारलाई सिफारिस पठाउनुहुन्छ ।’महोत्तरी र धनुषामा मात्र होइन्, मधेशभरका किसान यसवर्ष संकटमा छन् । पर्याप्त वर्षा नभएपछि किसानहरू धान रोप्न पाएनन् । अधिकांश खेतीयोग्य जमित बाँझै रहेको छ ।नेकपा एमाले मधेश प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक लखन दासले पनि मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशलाई सुख्खा क्षेत्र घोषण गरी किसानलाई राहत दिन माग गरेका छन् ।साभार : नेपाल प्रेस

`
12 comments
वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..

जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..

1 घन्टा पहिले

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

16 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

16 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले