Janakpurdham
Sun, Oct 18, 2026
`

मधेशमा खडेरीः धनुषा र महोत्तरीलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारलाई सिफारिस

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । पर्याप्त वर्षा नभएपछि धान रोपाइँ न्यून भएकाले सुख्खा क्षेत्र घोषणा गर्न जिल्ला विपद् व्यवस्थापन समिति धनुषा र महोत्तरीले सरकारलाई सिफारिस गरेको छ ।विपद् व्यवस्थापन समितिको निर्णयअनुसार जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत उपलब्ध गराउन गृहमन्त्रालयमा सिफारिस पठाएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।उनले भने, ‘किसानको अवस्था नाजुक छ । वर्षा भएन । सिँचाइ नहुँदा मात्र ३०/३५ प्रतिशत रोपाइँ भयो । त्यो पनि सुक्न थालेको छ । त्यसैले सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने देखिएको छ ।’सुख्खा क्षेत्र घोषणा गर्न गृह मन्त्रालयमा सिफारिस पठाएको र घोषणा भइसकेपछि किसान राहत पाउने बताए । उनकाअनुसार जिल्लामा खानेपानीको पनि समस्या भएको छ । वाटर लेभल तल गएपछि चापाकल, इनार र डिप बोरिङहरू पनि सुक्न थालेको अवस्था छ ।‘कतिपय ठाउँमा ट्यांकरले खानेपानी पुर्‍याउनुपर्ने अवस्था सृजना भएको छ’, प्रजिअ दाहालले भने, ‘यसका लागि सम्बन्धित पालिकालाई भनेका छौं । प्रदेश सरकार पनि सहयोग गर्छ । जहाँ खानेपानीको समस्या भएको छ, त्यहाँका पालिकाले ट्यांकरले भएपनि पानी पुर्‍याउँछ ।’कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख राम यादवले जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने निर्णय जिल्ला विपद् व्यवस्थापन समितिले गरेको जानकारी दिए ।‘हिजो बसेको समितिको बैठकले सुख्खा क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ’, उनले भने, ‘हिजो बैठक ढिलो गरी सकियो । त्यसैले समितिको अध्यक्ष सीडीओ साहेबले आज संघ र प्रदेश सरकारलाई सिफारिस पठाउनुहुन्छ ।’महोत्तरी र धनुषामा मात्र होइन्, मधेशभरका किसान यसवर्ष संकटमा छन् । पर्याप्त वर्षा नभएपछि किसानहरू धान रोप्न पाएनन् । अधिकांश खेतीयोग्य जमित बाँझै रहेको छ ।नेकपा एमाले मधेश प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक लखन दासले पनि मुख्यमन्त्री सरोजकुमार यादवलाई ज्ञापनपत्र बुझाउँदै प्रदेशलाई सुख्खा क्षेत्र घोषण गरी किसानलाई राहत दिन माग गरेका छन् ।साभार : नेपाल प्रेस

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

10 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

10 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

1 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

1 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले