Janakpurdham
Mon, Aug 18, 2025
`

अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच सम्वन्धी ओसीएमसीसँग छलफल सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम १९ गते साउन । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेशको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच सम्वन्धी छलफल सम्पन्न भएको छ । उक्त छलफल राष्ट्रिय अपाङ्ग महासंघ नेपाल मधेश प्रदेश र प्रदेशिक अस्पताल जनकपुरमा रहेको ओसीएमसी टिमका प्रतिनिधिहरू विच गरिएको हो । उक्त छलफलबाट अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच पुग्न नसकिरहेको विविध विषयमा छलफल गर्दै यस्ता समस्याहरूमा सूचना आदान(प्रदानको माध्यमबाट सहकार्य र समन्वय गरेर अपाङ्गता भएका व्यक्तिहरूको न्यायमा पहुँच बढाउने साथै महासंघले प्रकाशन गरेका सचेतनामूलक प्रचार(प्रशार सामग्रीलाई अस्पतालको विभिन्न स्थानहरूमा राख्नेर वा टास गरेर सचेतना प्रवाह गर्ने सहमति गरिएको छ । प्रादेशिक अस्पतालका मेडिल डाईरेक्टर राम नरेश पन्डितको समेत उपस्थिति रहेको सो छलफल कार्यक्रमको अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालद्वारा प्रकाशन गरिएको पहुँचयुक्तता परीक्षण प्रतिवेदन समेत हस्तान्तरण गरिएको छ । प्रतिवेदन वुझ्नुहुदै यस वर्ष अस्पतालको स्तरउन्नतिका लागि योजना समेत रहेको हुँदा प्रतिवेदनले दिएको सुझाव अनुसार संरचनामा सुधार गर्ने प्रतिवद्धता व्यक्त गर्नु हुँदै अझ रचनात्मक कार्यका लागि सुझावको अपेक्षा रहेको कुरा बताउनुभयो । उक्त छलफल कार्यक्रममा प्रादेशिक अस्पताल जनकपुर ओसीएमसी टिमका तर्फबाट मेडिल डाईरेक्टर राम नरेश पन्डित, डा. रुवी सिंह, डा. रामदेव चौधरी, फोकल पर्शन सुनिती यादव, संयोजक सपना कुमारी चौधरी हुनुहुन्थ्यो । राष्ट्रिय अपाङ्ग महासंघको तर्फबाट अध्यक्ष किरण कुमार पासवान, प्रदेश व्यवस्थापक प्रकाश नेपाली, वकालत संयोजक चन्द्र राई, परियोजना अधिकृत मधु गुप्ता र प्रदेश परियोजना कार्यदलका संयोजक जय प्रकाश ठाकुर, सदस्यद्वय सञ्जु भगत र रञ्जना कुमारीको उपस्थिति रहेको थियो ।

`
12 comments
वर्दीवासको डीएनवी अस्पतालका डा मिश्रमाथिको वलात्कार आर..

जनकपुरधाम , भदौ गते । महोतरीको बर्दिबासमा संचालनमा रहेको डीएनबी मेडिकेयर सेन्टर (अस्पताल)ले सो अस्पतालका प्रमु..

2 घन्टा पहिले

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

16 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

16 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले