Janakpurdham
Mon, Aug 18, 2025
`

कमला नदीमा जलस्तर बढ्दै, सतर्कता अपनाउन आग्रह

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । अविरल वर्षासँगै कमला नदीमा पानीको सतह बढिरहेको छ । स्थानीय प्रशासनले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ ।हालसम्म नदीको बहाव सामान्य रहे पनि सिन्धुलीतिर अझै वर्षा भइरहेकाले जलस्तर अझ बढ्न सक्ने भन्दै स्थानीय प्रशासनले आसपासको क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो ।धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले नदी आसपासका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् । उनका अनुसार अहिलेसम्म जोखिमको अवस्था छैन । गणेशमान चारनाथ नगरपालिका–८, पोर्ताहामा पुरानो बस्तीमा भएको एउटा फुसको घरमा सामान्य क्षति भएको उनले जनाए ।पानीले घरको भित्ता भत्किँदा घरधनी कमल पासमान सामान्य घाइते भएको प्रजिअ दाहालको भनाइ छ ।जिल्लामा अहिले डुबानको अवस्था नरहे पनि कमला लगायतका नदीमा दिउँसोसम्म जलस्तर बढ्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरेका छन् ।यता कमला नदी, सिन्धुली रानीबासस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले सिन्धुलीबाट तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सतर्कता अपाउन बाढी पूर्वानुमान शाखाले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।साभार : रातोपाटी

`
12 comments
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

13 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

13 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

4 दिन पहिले