महिलालाई आत्मनिर्भर बनाउन लैँगिकमैत्री बजेट आवश्यक
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम, साउन २४ गते । महिलालाई आत्म निर्भर र आर्थिक रुपमा सवल बनाउन लैँगिकमैत्री बजेट आवश्ययक रहेको बुधबार जनकपुरधाममा भएको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । वर्तमान अवस्थामा स्थानीय तहहरुले लैँगिक मैत्री बजेट जिनियोजन नगरेकाले महिलाहरुको सर्वाङिगन विकासका बाधक बनेको देखिन्छ । ओरेक धनुषाको आयोजनामा भएको पालिकाका न्यायिक निकायहरु संग लैँगिकमैत्री बजेट तथा लैँगिक सम्वेदनशिलताका लागि पैरवी कार्यक्रम बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले महिलाहरुलाई आत्म निर्भर बन्नको लागि लैँगिकमैत्री बजेट अपरिहार्य रहेको बताउनु भयो । लैँगिकमैत्री बजेट नहूँदा महिलाहरुको हितमा काम नहूँदा उनिहरु आफ्नो अधिकारबाट बञ्चित हुनुपर्ने अवस्थामा पालिकाले लैँगिकमैत्री बजेट ल्याई लैँगिक सम्वेदनशिलतालाई ध्यानमा राखेर बजेट कार्यान्वयन गर्ने बताउनु भयो । सो कार्यक्रममा ओरेक नेपालका जनकपुर संयोजक श्रृजना अर्यालले लैँगिक उत्तरदायी बजेटको अवधारणा, औचित्य,विशेषता, यसको विकासक्रम, सूचक, अंकभार बजेट बर्गिकरणको आधार लगायतका विषयमा सहभागी जनकपुरधाम उपमहानगरपालिकाका न्यायिक समितिका पदाधिकारी तथा वडासदस्यहरुलाई जानकारी गराउनु भयो । विगतका वर्षहरुमा लैँगिकमैत्री बजेट विनियोजन नभएको कारणले विकास निर्माणले प्रत्यक्ष, अप्रत्यक्ष र तटस्थ रुपमा परेको असरका सम्बन्धमा समेत जानकारी गराउनु भयो । निर्णय प्रक्रियामा महिलाहरुको अर्थपुर्ण सहभागिता नहुँदा बजेटको सदुपयोग हुन नसक्ने उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका न्यायिक समितिका सदस्य तथा वडा नं. ९का वडाध्यक्ष परमेश्वर साहले न्यायिक समितिमा आउने मुद्दाहरुमा महिलाहरुलाई विना विभेद कुरा सुनेर पक्रिया अगाडी बढाईरहेको बताउनु भयो । अन्य पालिकाहरुमा संचालनमा आएपनि जनकपुरधाम उपमहानगरपालिकामा लैँगिक हिँसा निवारण कोष संचालनमा नरहेकाले उक्त कोष संचालन कार्यबिधि बनाई संचालनमा ल्याउन पक्रिया अगाडी बढाईने उहाँले बताउनु भयो । स्थानीय तहहरुले वर्षिक बजेट विनियोजन गर्दा लैँगिकता संग सम्बन्धित सवालहरुलाई पचिान गरी समाधान गर्न लैँगिकमैत्री बजेट अपरिहार्य भएको लैँगिक हिँसा नियन्त्रण संजाल जनकपुरधामका कोषाध्यक्ष बटुकनाथ झाले बताउनु भयो । उहाँले महिलाहरुलाई स्वरोजगार बनाउन समेत बजेट बनाउनुपर्ने बताउदै आर्थिक अधिकार भए मात्र महिलाहरुको विकास हुने बताउनु भयो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामत, जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. १,४,९,१४,२० तथा २४ नं. वडाका वडासदस्यहरुको सहभागिता रहेको थियो ।
बस चालक आत्मदाह घटनाबारे गृहमन्त्रीले सदनमा जवाफ दिनुप..
काठमाडौं, असाेज ६ : नेकपा एमालेका सांसद कुलभक्त शाक्यले त्रिपुरेश्वरमा सार्वजनिक बस चालक अर्जुन दोङले आत्मदाह गर..
16 घन्टा पहिले
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्रीलाई
काठमाडौं, असाेज ६ : प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रध..
16 घन्टा पहिले
प्राविधिक शिक्षामा सुधारका लागि नीतिगत तथा कानुनी व्यव..
काठमाडौं, असाेज ५ : शिक्षामन्त्री तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्राविधिक शिक्षामा देखिएका समस्या समाधान ग..
2 दिन पहिले
एलपीजी ग्यास अभावका कारण पहिचान गरी समाधानमा जुटेका छौँ ..
काठमाडौं, असाेज ५ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगि..
2 दिन पहिले
संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्तिहरुबाट प्रहा..
जनकपुरधाम, असोज ४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.अमरेश सिंहले संविधानमाथि विभिन्न आन्तरिक र बाहिरी शक्त..
3 दिन पहिले