Janakpurdham
Mon, Aug 18, 2025
`

महिलालाई आत्मनिर्भर बनाउन लैँगिकमैत्री बजेट आवश्यक

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, साउन २४ गते । महिलालाई आत्म निर्भर र आर्थिक रुपमा सवल बनाउन लैँगिकमैत्री बजेट आवश्ययक रहेको बुधबार जनकपुरधाममा भएको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । वर्तमान अवस्थामा स्थानीय तहहरुले लैँगिक मैत्री बजेट जिनियोजन नगरेकाले महिलाहरुको सर्वाङिगन विकासका बाधक बनेको देखिन्छ । ओरेक धनुषाको आयोजनामा भएको पालिकाका न्यायिक निकायहरु संग लैँगिकमैत्री बजेट तथा लैँगिक सम्वेदनशिलताका लागि पैरवी कार्यक्रम बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले महिलाहरुलाई आत्म निर्भर बन्नको लागि लैँगिकमैत्री बजेट अपरिहार्य रहेको बताउनु भयो । लैँगिकमैत्री बजेट नहूँदा महिलाहरुको हितमा काम नहूँदा उनिहरु आफ्नो अधिकारबाट बञ्चित हुनुपर्ने अवस्थामा पालिकाले लैँगिकमैत्री बजेट ल्याई लैँगिक सम्वेदनशिलतालाई ध्यानमा राखेर बजेट कार्यान्वयन गर्ने बताउनु भयो । सो कार्यक्रममा ओरेक नेपालका जनकपुर संयोजक श्रृजना अर्यालले लैँगिक उत्तरदायी बजेटको अवधारणा, औचित्य,विशेषता, यसको विकासक्रम, सूचक, अंकभार बजेट बर्गिकरणको आधार लगायतका विषयमा सहभागी जनकपुरधाम उपमहानगरपालिकाका न्यायिक समितिका पदाधिकारी तथा वडासदस्यहरुलाई जानकारी गराउनु भयो । विगतका वर्षहरुमा लैँगिकमैत्री बजेट विनियोजन नभएको कारणले विकास निर्माणले प्रत्यक्ष, अप्रत्यक्ष र तटस्थ रुपमा परेको असरका सम्बन्धमा समेत जानकारी गराउनु भयो । निर्णय प्रक्रियामा महिलाहरुको अर्थपुर्ण सहभागिता नहुँदा बजेटको सदुपयोग हुन नसक्ने उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका न्यायिक समितिका सदस्य तथा वडा नं. ९का वडाध्यक्ष परमेश्वर साहले न्यायिक समितिमा आउने मुद्दाहरुमा महिलाहरुलाई विना विभेद कुरा सुनेर पक्रिया अगाडी बढाईरहेको बताउनु भयो । अन्य पालिकाहरुमा संचालनमा आएपनि जनकपुरधाम उपमहानगरपालिकामा लैँगिक हिँसा निवारण कोष संचालनमा नरहेकाले उक्त कोष संचालन कार्यबिधि बनाई संचालनमा ल्याउन पक्रिया अगाडी बढाईने उहाँले बताउनु भयो । स्थानीय तहहरुले वर्षिक बजेट विनियोजन गर्दा लैँगिकता संग सम्बन्धित सवालहरुलाई पचिान गरी समाधान गर्न लैँगिकमैत्री बजेट अपरिहार्य भएको लैँगिक हिँसा नियन्त्रण संजाल जनकपुरधामका कोषाध्यक्ष बटुकनाथ झाले बताउनु भयो । उहाँले महिलाहरुलाई स्वरोजगार बनाउन समेत बजेट बनाउनुपर्ने बताउदै आर्थिक अधिकार भए मात्र महिलाहरुको विकास हुने बताउनु भयो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामत, जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. १,४,९,१४,२० तथा २४ नं. वडाका वडासदस्यहरुको सहभागिता रहेको थियो ।

`
12 comments
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

13 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

13 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

4 दिन पहिले