
‘विकृति हटाउने एउटै मूल मन्त्र शिक्षा’
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, साउन २५ गते । मधेश प्रदेशका शिक्षा तथा समाज कल्याणमन्त्री महेशप्रसाद यादवले मधेश प्रदेशलाई पूर्ण रूपमा साक्षर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी पाँच वर्षभित्र मधेश प्रदेशमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई साक्षर बनाई पूर्ण साक्षर प्रदेश घोषणा गर्ने बताउँदै उहाँले भन्नुभयो, “पाँच वर्षपछि मधेश प्रदेशमा कोही पनि निरक्षर भेटिँदैनन् ।” वल्र्ड भिजनले जनकपुरधाममा आयोजना गरेको वार्षिक प्रगति तथा समीक्षा सभा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मधेश प्रदेश सरकारले सञ्चालन गर्ने साक्षर अभियानमा वल्र्ड भिजनसँग सहकार्य गर्न सकिने समेत उहाँले बताउनुभयो । “दातृ निकायले सञ्चालन गर्ने कार्यव्रmममा प्रदेश सरकारको सहकार्य होस् भन्ने चाहन्छु,” उहाँले भन्नुभयो, “यसले प्रदेश सरकार र दातृ निकायले सञ्चालन गर्ने कार्यव्रmममा दोहोरोपन हँुदैन । मधेशमा देखिएको विकृति विसङ्गति हटाउन एउटै मूल मन्त्र शिक्षा हो । मानिस साक्षर भए धेरै कुरामा स्वतः परिवर्तन हुन्छ ।”मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले मधेश प्रदेश अन्य प्रदेशको तुलनामा शिक्षा, स्वास्थ्यमा पछाडि रहेको बताउनुभयो । रूढीवादी सोच, अशिक्षा जस्ता कारणले पछाडि परेको मधेशलाई समृद्ध बनाउन नागरिक सबभन्दा पहिले स्वस्थ हुनु जरुरी रहेको उहाँले बताउनुभयो । वल्र्ड भिजनले शिक्षा, पोषण तथा उत्थानशील जीविकोपार्जन, संरक्षण, विपत् जोखिम व्यवस्थापन तथा मानवीय प्रतिकार्य, बाल स्पोन्सरसिपलगायतका क्षेत्रमा कार्य गर्दै आएको अध्यक्ष अनुप राणाले बताउनुभयो । मधेश प्रदेशका महोत्तरी, रौतहट, सर्लाही जिल्लाका गरी आठ वटा गाउँपालिकामा कार्यव्रक्रम सञ्चालन भइरहेको छ । साभार : गोरखापत्र

प्रगतिशील गीत संगीतको अध्ययन् जरुरी : मन्त्री पन्त
काठमाडौं, आसर २१ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले प्रगतिशील गीत संगीतले दैनिक जीवनमा पार्ने प्..
5 घन्टा पहिले
राजर्षी जनक विश्वविद्यालय भवन निर्माणमा एमालेले अवरोध ..
जनकपुर, असार २१ : कंग्रेस नेता विमलेन्द्र निधिले राजर्षी जनक विश्वविद्यालयको केन्द्रिय भवन निर्माणमा एमालेका ..
5 घन्टा पहिले
स्वास्थ्यमन्त्री पौडेल डिस्चार्ज भए
काठमाडौं, असार २० : अस्पताल भर्ना भएका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल शुक्रबार डिस्चार्ज छन्। स..
1 दिन पहिले
जसपा मधेश प्रदेशका अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी
सर्लाही, असार २० : जिल्ला प्रहरी प्रमुखलाई धम्क्याएको आरोपमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मधे..
1 दिन पहिले
राष्ट्रिय र प्रादेशिक प्रतिभा पुरस्कार पाउनेको नाम घोष..
काठमाडौं ,असार १९ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्..
2 दिन पहिले