Janakpurdham
Sun, Oct 18, 2026
`

गणेशमान चारनाथका महिला जनप्रतिनिधि मध्यवर्ती प्रशिक्षण सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम, साउन २५ गते । निर्वाचित महिला जनप्रतिनिधिलाई थप सक्षम बनाउने उद्देश्यले माण्डवीले दिदै आएको विभिन्न चरणको प्रशिक्षण अन्तरगत बिहिबार मध्यवर्ती तालिम गणेशमानचारनाथ नगरपालिकामा सम्पन्न भएको छ । सो पालिकाका २३ जना महिला जनप्रतिनिधिलाई तीन दिवसीय मध्यवर्ती प्रशिक्षणको पहिलो भोड्युल सम्पन्न भएको छ । सो प्रशिक्षणमा सहभागीहरुलाई प्रशिक्षक द्वय सेतारमान ठोकर र पार्वती भट्टराईले नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी बढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । शी लिड्स तालिमको मध्यवर्ती प्रशिक्षणलाई सो पालिकाका उपप्रमुख तुलसा कुमारी पाण्डे तथा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले अनुगमन गर्नुभएको थियो । प्रशक्षिणको उद्घाटन सत्रमा माण्डवीका कार्यकारी निर्देशक संतोष कुमार महतोको पनि सहभागिता रहेको थियो । मध्यवर्ती प्रशिक्षणमा सहभागी भएका महिला जनप्रतिनिधिहरुले समुहबनाएर आ–आफ्ना वडामा द्वेशपुर्ण तथा अभिव्यक्ति तथा दुष्प्रचारका विरुद्धमा घरदैलो गरी जनचेतनामुलक कार्यक्रम गर्ने छन् । यो भन्दा पहिला जनकपुरधाम उपमहानगरपालिाका महिला जनप्रतिनिधिहरु प्रशिक्षण पछि जनचेतनामुलक कार्यक्रम वडास्तरमा गर्दै छन् । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा शि लिड्स कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षण दिइएको छ ।

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

8 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

8 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

1 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

1 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले