वर्तमान सरकार निरंकुशता तर्फ उन्मुख : कांग्रेस सह—महामन्त्री यादव
3 वर्ष पहिले प्रकाशित
Esandhyakalin
जनकपुरधाम । नेपाली कांग्रेसका सह—महामन्त्री महेन्द्र यादवले वर्तमान सरकार निरंकुशता तर्फ उन्मुख भएको बताएका छन् । नेपाल सांस्कृतिक महासंघको मधेश प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई शनिवार जनकपुरमा सम्बोधन गर्दै उनले वर्तमान सरकार सुनियोजित तरिकाले कांग्रेसका नेताहरुलाई पक्राउ गरि विभिन्न झुठा मुद्दामा फसाउने काममा लागेको आरोप लगाए । कांग्रेस सांसद शर्मालाई गृहमन्त्रीको राजीनामा मागेको भन्दै राजनीतिक पूर्वाग्रह साध्न पक्राउ गरिएको उनको आरोप छ । उनले भने नेपाली कांग्रेसका नेता बालकृष्ण खांडलाई समेत झुठा अभियोग लगाई पक्राउ गरेको छ । अदालतबाट उनी निर्देष भई आउनेमा आफुहरु विश्वस्त रहेको बताए । राजनीतिमा प्रतिशोध साध्न पाइँदैन । सुनियोजित रुपमा कसैलाई पक्राउ गर्नु गलत हो,’ सहमहामन्त्री यादवले भने ।
.jpg)
कार्यक्रममा मधेश प्रदेश सभाका प्रदेश सभा सदस्य रामसरोज यादवले मिथिला संस्कृतिको संरक्षणमा सांस्कृतिक महासंघले निर्वाह गरेको भुमिकको प्रंशसा गरेका छन । पौराणिक कालदेखिकै सवल र उन्नत मिथिला संस्कृतिको संरक्षण र युवा पुस्तामा आकर्षणका लागि घर परिवारबाटै सचेतना अभियान थालिनुपर्ने खाँचो उनले औँल्याए । साथै, मिथिला संस्कृतिको महत्वलाई उजागर गर्दै यसको प्रवद्र्धनका लागि सरोकार भएका सबै एकताबद्ध भई गाउँगाउँसम्म अभियानकै रुपमा जागरण फैलाइनुपर्नेमा उनले जोड दिए ।
.jpg)
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य शेष नारायण यादवले पूर्वीय सभ्यताको विशिष्ठ पहिचान बोकेको मिथिला संस्कृतिको उचित संरक्षण प्रवद्र्धन नहुँदा मिथिलाको पहिचान सङ्कटमा परेको भन्दै यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । पूर्वीय सभ्यताको प्रतिक, सांस्कृतिक दर्शन र संस्कारलाई पहिचान गराउने मिथिला संस्कृतिको जगेर्ना र यसको महत्वलाई आम जनमानसमा पु¥याउन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म अभियानकै रुपमा अघि बढाइनुपर्नेमा उनले जोड दिए ।
.jpg)
त्यस्तै कार्यक्रममा मधेश प्रदेश सभा सदस्य जंगीलाल रायले संस्कृति, संस्कार र सभ्यता नरहे समाज र राष्ट्र नै कमजोर अवस्थामा पुग्ने खतरा औँल्याउँदै मिथिला संस्कृतिको प्रवद्र्धनका लागि आ–आफ्नै परिवारबाट शुरु गरिनुपर्ने बताए । उनले भने आफ्नो भाषा, संस्कृतिको संरक्षण नभए समाज र देशको पहिचानै संकटमा पर्ने बताउँदै मिथिला संस्कृतिको संरक्षणमा सबै एकताबद्ध भएर अभियान चलाउनुपर्छ ।
कार्यक्रममा सांस्कृतिक महासंघका केन्द्रिय सभापति तिर्थ बहादुर थापाले सांस्कृतिककर्मीहरुको सम्मानका लागि महासंघको स्थापना गरिएको बताउदै कलाकर्मीहरुले केवल सम्मान, पेशाको सुरक्षा र पहिचानका लागि महासंघमा आवद्धता जनाएको बताए । सांस्कृतिककर्मीले मात्र देशमा परिवर्तन गर्न सक्छन भन्ने भावना नेपाली काँग्रेसले बुझन जरुरी रहेको उनको भनाई थियो । सोही अवसरमा नेपाल सांस्कृतिक महासंघका महामन्त्री शिवसंकर रिजाल (जोगिन्दर) ले नेपाली काँग्रेसलाई कसरी वलियो बनाउन सकिन्छ भनेर सांस्कृतिक महासंघ लागि परेको भन्दै पार्टीलाई सबल र सक्षम वनाउन समय समयमा कार्यक्रम समेत गर्ने गरेको बताए । सांस्कृतिक महासंघको महत्वलाई पार्टीले सदुपयोग गर्न सुझाव दिदै उनले यस पेशामा आवद्ध कलाकर्मीको संरक्षणका लागि टेवा पुग्ने गरि प्राथमिकता दिन माग गरे ।
नेपाल सांस्कृतिक महासंघ मधेश प्रदेशका संयोजक एवम् उप—सभापति जिवनाथ चौधरीको अध्यक्षतामा भएको सो अन्तरक्रियामा सहभागि मधेश प्रदेश जिल्लाका सभापतिले कलाकर्मीहरुको सम्मान, सुरक्षा र पहिचानको सवालमा अभिभावका रुपमा रहेको नेपाली काँग्रेस गम्भिर नभएको गुनासो पोखेका छन् । उनीहरुले सांस्कृतिक संघलाई नेपाली काँग्रेस पार्टीले प्राथमिकतामा राख्न जरुरी रहेको भन्दै सांस्कृतिक संघको जुन महत्व छ सोही अनुसार पार्टीले स्थान नदिदा कलाकर्मीहरुको सम्मानमा कमी आएको गुनासो गरे ।
मधेशमा कांग्रेसकै सरकारले निरन्तरता पाउने
धनुषा, वैशाख २७ : मधेश प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई चार दलले निरन्तरता पाउने भएको छ। जनमत पार्टीले समर्थ..
12 घन्टा पहिले
दुईदिन भित्रै एईईको नतिजा प्रकाशन गर्ने बोर्डको तयारी
काठमाडौं, वैशाख २७ : एसईईको नतिजा दुईदिन भित्रै प्रकाशन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ। नतिजा इ..
12 घन्टा पहिले
न्यायपालिकालाई स्वार्थ संरक्षणको ‘मुकुन्डो’ बनाउन खोज..
काठमाडौं, वैशाख २६ : कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधान, संवैधानिक सर्वोच्चता र विधिको शासनम..
2 दिन पहिले
‘देउवालाई टिकट नदिने कुरा स्वभाविक हो वा अस्वभाविक, त्यस..
कैलाली, वैशाख २६ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा..
2 दिन पहिले
सार्वजनिक जग्गा खाली गर्ने सूचनापछि धनुषामा सुकुमवासीक..
धनुषा, वैशाख २५ : जगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने सूचना निकालेपछि जारी गरेपछि धनुषाको महेन्द्र..
3 दिन पहिले