
निर्वाचित महिला जनप्रतिनिधि संजाल महोत्तरीले गरे विभिन्न निर्णय
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

जनकपुरधाम, साउन २७ गते ।महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुको गठन भएको संजालले विभिन्न निर्णयहरु गरेका छन् । संजालका महोत्तरी अध्यक्ष सुदामा देवी दासको अध्यक्षतामा भएको संजालको पहिलो बैठकबाट विभिन्न ६ वटा निर्णय गरिएको छ । महोत्तरी जिल्लाका विभिन्न स्थानीय तहमा गठन गरिएको पालिका स्तरीय महिला जनप्रतिनिधि संजालको बैठक भदौँ ६ गते गर्ने निर्णय भएको छ । महिला नेतृत्व कार्यक्रम संचालन भएका पालिकाहरुमा लैँगिक उत्तरदायी बजेट निर्माणका लागि पत्राचार गर्ने तथा जिल्लामा रहेका राजनीतिक दलहरुलाई लैँगिक समानता सम्बन्धि सम्बेदनशील हुन पत्र बुझाउने निर्णय भएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो ।
शि लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत विभिन्न चरणमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई माण्डवीले दिएको प्रशिक्षण पछि थप सक्रिय भएका संजालका सदस्यहरुले लैँगिक हिँसा, लैँगिक समानता तथा महिला बिरुद्ध हुने दुष्प्रचार र द्वेषपुर्ण अभिव्यक्तिलाई रोक्ने किसिमका सामग्री वा क्रियाकलापहरु सामाजिक संजालमा प्रयोग नगर्न निर्णय गरिएको बैठकमा सहभागी चौधरीले जानकारी दिनुभयो । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा शि लिड्स कार्यक्रम संचालित छन ।

परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..
काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..
14 घन्टा पहिले
दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित
जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..
14 घन्टा पहिले
राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना
ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..
2 दिन पहिले
श्रीकृष्ण जन्माष्टमी मनाईँदै
काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..
2 दिन पहिले
मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट
जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..
4 दिन पहिले