Janakpurdham
Mon, Aug 18, 2025
`

जानकी मन्दिर परिसरमा रहेका ठूला होडिङ्ग वोर्डहरु हटाइयो

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । विश्व प्रसिद्ध जनकपुरधामको जानकी मन्दिर परिसरमा रहेका गैर धार्मिक पर्चा, पम्पलेट तथा होडिङ्ग वोर्डहरु युवा अभियानीहरुले हटाएर सफा बनाएका छन् । जानकी मन्दिर व्यवस्थापनले मन्दिरको फूलबारीमा लगाएको तरकारी खेती नष्ट गरेर होडिङ्ग वोर्डहरु हटाउनका लागि सम्बन्धि निकायलाई १५ दिन अगाडि नै आह्वान गरेपनि नहटाएपछि आज युवाहरूले बाध्य भएर हटाएका छन् । जानकी मन्दिरको पूर्वी प्रवेशद्वार सँगै रहेको मधेश प्रदेशका मुख्यमन्त्रीको ठूलो होडिङ्ग बोर्ड हटाउनुका साथै जानकी मन्दिरको दक्षिण तीर रहेको प्रवेशद्वारसँग रहेको मोटरसाइकल प्रचारको होडिङ्ग बोर्ड हटाउने काम भएको छ । यसका साथै अन्य साना साना वोर्डहरु पनि हटाउने काम भएको छ । 

यसका साथै मन्दिर परिसरमा रहेका अन्य गैर धार्मिक प्रचार सामाग्रीहरू पनि हटाउने काम भएको युवा अभियानी सरोज कुमार मिश्रले जानकारी दिनु भएको छ । आफूहरूले पहिला नै होडिङ्ग वोर्डहरु झिक्नका लागि सम्बन्धित निकायसँग आग्रह गरेपनि बेवास्ता गरेपछि आफूहरूले बाध्य भएर आफै हटाउनु परेको जानकारी उहाँले दिनु भएको छ । विश्वका हिन्दुहरूका लागि आस्थाको केन्द्रको रुपमा रहेको विश्वका ठूला मन्दिरको रुपमा रहेको जानकी मन्दिरको अवलोकनका लागि देश विदेशबाट ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेको वेलामा यस्ता प्रकारको सामाग्रीहरूका कारणले मन्दिरको स्वरूप नै बिगार्ने गरेको छ । युवाहरूको यस कामको जनकपुरधामका बुद्धिजीवी तथा नागरिक समाजले सराहना गरेको छ । यसका साथै सो ठाउँमा भएको फलामको सो बोर्ड झिक्न लगाउने तर्फ पहल हुनु पर्ने आवाज उठिरहेको छ । जनकपुरधाम उपमहानगरपालिकाले नै यसका लागि अग्रसर हुन आवश्यक छ ।  साभार : रेडियो नेपाल

`
12 comments
परराष्ट्रमन्त्री डा राणासँग भारतीय विदेश सचिवको शिष्टा..

काठमाडौँ ,भदौ १ गते । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग भारतीय विदेश सचिव विक्रम मिस्रीले आज मन्त्रालयमा ..

14 घन्टा पहिले

दोषीमाथि कारबाहीको माग गर्दै पत्रकारहरू आन्दोलित

जनकपुरधाम ,भदौ १ गते । जनकपुरधाममा पत्रकारमाथि भएको आक्रमणको विरोध तथा दोषीमाथि कानुनी कारबाहीको माग गर्दै पत..

14 घन्टा पहिले

राष्ट्रपति पौडेलद्वारा पाटन कृष्ण मन्दिरमा पूजाआराधना

ललितपुर,श्रावण ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना ग..

2 दिन पहिले

श्रीकृष्ण जन्माष्टमी मनाईँदै

काठमाडाैं ,श्रावण ३१ गते । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदै..

2 दिन पहिले

मुख्यमन्त्री सिंहसँग भारतीय प्रतिनिधिमण्डलको भेट

जनकपुरधाम, श्रावण २९ गते ।जनकपुर।मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसँग भारतको जल शक्ति मन्त्रालयको तीन ..

4 दिन पहिले