Janakpurdham
Tue, Sep 16, 2025
`

देशभरका शिक्षकहरुले जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम ।  धनुषासहित देशभरका शिक्षकहरुले जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना दिएर विरोध जनाएका हुन् । तेस्रो चरणको आन्दोलन अन्र्तगत उनीहरुले आज विहान ११ बजेदेखि धर्ना दिएर विरोध जनाएका हुन् । वर्तमान शैक्षिक अवस्थाको सुधार तथा नेपाली शिक्षकहरुको पेशागत हकहितको सुनिश्चितता लगायतका २६ बुँदे माग अघि सार्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलन अन्र्तगत धर्ना तथा ज्ञापनपत्र बुझाईएको छ । आन्दोलनका कार्यक्रम अन्र्तगत महासंघले मंसिर ७ गते सातै प्रदेशमा विरोध तथा जुलुस गर्ने, मंसिर १४ गते काठमाडौंमा वृहत विरोध जुलुस तथा विरोध सभा गर्ने र मंसिर २१ गतेबाट काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम रहेको छ ।

`
12 comments
मन्त्री घिसिङको घोषणा– पुनर्निर्माणका लागि विशेष कोष ख..

काठमाडौं, ३० भदौ : भौतिक योजनामन्त्रालयको जिम्मेवारी समालेलगत्तै उर्जा मन्त्री समेत रहेका कुलमान घिसिङले क्षत..

8 घन्टा पहिले

जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको सम्मानमा असोज १ गते ..

काठमाडौं, भदाै ३० : नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर..

8 घन्टा पहिले

‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएकाका परिवारलाई १०..

काठमाडौं, भदौं २९ : अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गरेलगत्तै ‘जेनजी’ प्र..

1 दिन पहिले

पछिल्लो परिस्थितिबारे कांग्रेस एकताबद्ध भए अघि बढ्छ : ने..

काठमाडौं, भदौ २९ : मुलुकमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमप्रति नेपाली कांग्रेसले आफ्नो धारणा स्पष्ट रूपमा स..

1 दिन पहिले

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्..

काठमाडौं, भदौ २८ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारको नेतृत्व लिएकी नवनियुक्त प्रधा..

3 दिन पहिले