Janakpurdham
Mon, Jul 14, 2025
`

जनकपुरधाममा झुलनोत्सव पर्व शुरु, पूर्णिमासम्म चल्ने

2 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा रहेको मठ मन्दिरहरूमा झुलनोत्सव पर्व शुरु भएको छ । हिजो साँझ जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्वको बाह्र विघा रंगभूमि मैदानमा मणिपर्व विधि सम्पन्न भएपछि प्रत्येक राति झुलनोत्सव पर्व मनाइने गरिन्छ । साउन शुक्ल तृतीया तिथिबाट शुरु भई १५ दिनसम्म मनाइने झुलनोत्सव पर्व यस पटक मलिमासका कारणले ढिलो गरि शुरु भएको छ । तिथिको हिसाबले त्यही नै मानिएपनि महिनाको हिसाबले भदौ शुरु भएको छ । जनकपुरधामको जानकी मन्दिर सहित अन्य मठ मन्दिरहरूमा हिजोदेखि शुरु भएको छ । भगवान् श्रीरामजानकी सहितका देवी देउतालाई सजाईको डोलामा सिंहासन सहित राखेर झुलाउँदै भजनकिर्तन सहित जनकपुरधाम स्थित मठ मन्दिरहरूमा प्रत्येक दिन साँझ आयोजना हुने झुलनोत्सव पर्व पूर्णिमासम्म चल्ने गर्दछ । धनुषाको जनकपुरधाम स्थित जानकी मन्दिर, राम मन्दिर, बिहारकुण्ड, अग्निकुण्ड, महोत्तरीको मटिहानी स्थित लक्ष्मीनारायण मन्दिर लगायत सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र भारत बिहार सहित सम्पूर्ण मिथिलाञ्चल क्षेत्रका मठ मन्दिरहरूमा धुमधामका साथ झुलनोत्वसव पर्व मनाइँदै आएको छ ।राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने सँगसँगै नाचगान, भजन कीर्तन र लोक कथाहरू सुनाइने गरिन्छ । जनकपुरधामको रत्नसागर मन्दिरको झुला विशेष रुपमा हुने गर्दछ । झुला र नाच हेर्नका लागि मन्दिरमा भक्तजनहरूको साँझ पर्ने बित्तिकै भीड लाग्ने गर्दछ । जानकी मन्दिरमा हरेक साँझ मिथिलाको लोक गीत झुला र कजरी गाइने गरिन्छ ।

सन् १७३० मा जानकी मन्दिरका पहिलो महन्थ सुरकिशोर दास वैष्णवको कार्यकालदेखि नै झुला महोत्सवको आरम्भ भएको मानिँदै आएको छ । जानकी मन्दिरबाट शुरु भएको झुलनोत्सव जनकपुरधामस्थित मठमन्दिरमा मात्र नभई मिथिलाञ्चल क्षेत्रका अधिकांश मठ मन्दिरमा झुलनोत्सव पर्व मनाइँदै आएको छ । 

झुल्नोत्सवमा महिलाहरू झुलाको गीत गाउने र भगवानको पूजा अर्चना गरेपछि भक्तजनलाई फूलपाती पञ्चामृत र नैवेध बाँड्ने परम्परा छ । मिथिलाञ्चलको मठ मन्दिरमा हर्षोल्लासका साथ साउन महिनामा पर्व मनाउँदै आएको छ । साउन शुक्ल पूर्णिमाको राति १२ बजे झुलनोत्सव डोरी काटी विधिवत् रुपमा पर्वको समापन गर्ने चलन रहेको छ । जनकपुरधाम सहित मिथिला क्षेत्रको हरेक मठ मन्दिरमा झुलनोत्सव पर्व बनाएपनि पनि जानकी मन्दिरमा विशेष रुपमा मनाइने भएकाले पर्यटक तथा तीर्थयात्रीको भिड जानकी मन्दिरमा नै हुने गरेको छ । जानकी मन्दिरमा विशेष किसिमका तीनवटा सिंहासनमा राम सीताको मूर्ति राखी झुला झुलाउने परम्परा रहेको छ ।जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले झुलनोत्सवको शुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै जानकारी दिनु भयो । त्रेतायुगमा भगवान् राम र सीता सिंहासनमा बसेर झुलेको जनविश्वास अनुसार पौराणिक कालदेखि नै झुलनोत्सव मनाइँदै आएको महन्थ दासको भनाई रहेको छ । साभार : रेडियो नेपाल

`
12 comments
विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्ध..

काठमाडौँ ,असार २९ गते । प्रतिनिधि सभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी स..

2 घन्टा पहिले

मधेश प्रदेश सरकारको अगामी आर्थिक वर्षको बजेट सर्व सहमति..

जनकपुरधाम ,असार २९ गते । मधेश प्रदेश सभाको बैठकले मधेस सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश सभामा पे..

2 घन्टा पहिले

सुशासन कायम गराउन सरकारसँग अझै धेरै चुनौतीहरु छन् : डा.मह..

काठमाडौं, असार २९ : नेपाली कांग्रेसका सांसद डा.प्रकाशशरण महतले वर्तमान सरकारले केही राम्रा काम गरे पनि आम नागरि..

1 दिन पहिले

‘प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु हुन्छ’

काठमाडौं, असार २९ : गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी जनताको विचमा लोकप्रिय संस्थाका रुपमा विकास हुँदै गएको ब..

1 दिन पहिले

‘नेपालमा नै राम्रो शिक्षा प्राप्त गर्ने सम्भावनाहरु प्..

काठमाडौं, असार २८ : सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा नै बसेर राम्रो शिक्षा प्राप्त गर्ने प्रशस्त सम्..

2 दिन पहिले