Janakpurdham
Sat, Oct 17, 2026
`

श्रावण शुक्लपक्षको तेस्रो सोमबार : देशभरका शिवालयमा भक्तजनको भीड

3 वर्ष पहिले प्रकाशित

Esandhyakalin

`

काठमाडौँ, भदौ ४ गते । चान्द्रमासअनुसार श्रावण शुक्लपक्षको तेस्रो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । यसवर्ष सौरमास अनुसार साउन महिनामा अधिकमास परेकाले चान्द्रमास अनुसारका सोमबार पनि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको हो । चान्द्रमासअनुसार श्रावण शुक्लपक्षभर पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रमा विशेष व्यवस्था गरेको छ । कोषले महाशिवरात्रि र तीजमा जस्तै भक्तजनका लागि पशुपतिनाथमा विशेष व्यवस्था गरेको संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिनुभयो ।बिहान तीनबजेदेखि नै पशुपतनिाथका चारै ढोका खुला गरिएको उहाँले बताउनुभयो । मन्दिरमा विगतका सोमबारजस्तै भक्तजनको भीड देखिएको छ । विशेषगरी सोमबारको व्रत गरेका महिला रातो र हरियो पहिरनमा सजिएर पशुपतिनाथलगायत शिवालयमा भेला भएका छन् । यसवर्ष सौरमास अनुसार साउनमा अधिकमास परेकाले सोमबारको व्रत गर्ने वा नगर्ने भन्नेमा द्विविधामा रहेका वर्तालुले अहिले भने खुलेर व्रत गरेका छन् ।

चान्द्रमासअनुसार भदौको ४ र ११ गतेको सोमबार शुक्लपक्षमा परेको छ । यसअघि श्रावण कृष्णपक्षका दुई सोमबार असार २५ गते र साउन १ गते परेको थियो । साउन २ गतेदेखि ३१ गतेसम्म अधिकमास परेको थियो । यसैले भदौ १४ गतेसम्म श्रावण शुक्लपक्ष छ । श्रावणको सोमबार शिवालयमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज पशुपतिानथसँगै राजधानीका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेव, डोलेश्वरलगायत शिवालयमा पनि भक्तजनको भीड देख्न सकिन्छ ।यसैगरी देशभरका अन्य ठूला, साना शिवालयमा पनि भक्तजनको भीड लागेको छ । आज र भदौ ११ गतेको सोमबार पनि व्रत गरी साउनको सोमबारको व्रत लिनेले त्यसै दिन गोदान एवं पूर्णपात्र दान गरी साउने सोमबारको व्रत समापन गर्ने गर्छन् ।साभार : गोरखापत्र

`
12 comments
चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने à¤..

काठमाडौं, असाेज ३१ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र क..

5 घन्टा पहिले

आज घर–घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं, असाेज ३१ : बडादशैं अन्तर्गत दुर्गा पक्षको सातौं दिन अर्थात् आश्विन शुक्ल सप्तमीका अवसरमा आज देशभर विधिà¤..

5 घन्टा पहिले

नयाँ प्रहरी विधेयक ल्याएर सेवा अवधि र वृत्ति विकास सुधार..

काठमाडौं, असाेज ३० : गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीलाई सक्षम, व्यावसायिक र आधुनिक बनाउन सात दशक पुरानो कानुà..

1 दिन पहिले

कांग्रेस कसैको निजी कम्पनी होइन, जनताको साझा सम्पत्ति हो..

काठमाडौं, असाेज ३० : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नेताको निजी सम्पत्ति नभई आम नागरिकको साझ..

1 दिन पहिले

घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार काठमाडौँबाट बाहिरà¤..

काठमाडौँ ,असोज २९ गते । नेपालीको महान् चाड बडादसैँ मनाउने सिलसिलामा घटस्थापनादेखि आजसम्म दुई लाख ६२ हजार ७५३ à..

2 दिन पहिले