
नेपाली क्रिकेट टीम भोलि पाकिस्तान जाँदै, सन्दीप छुट्ने
2 वर्ष पहिले प्रकाशित
Esandhyakalin

काठमाडौं । एसिया कप क्रिकेटका लागि नेपाली क्रिकेट टीम भोलि पाकिस्तानतर्फ प्रस्थान गर्ने भएको छ । आज नेपाल क्रिकेट संघ (क्यान) ले टीमलाई बिदाइ गर्दैछ ।एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै जान लागेको हो । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् ।नेपाली टीमका स्टार स्पिनर सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन् । १७ सदस्यीय स्क्वाडमा भए पनि उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् । उनको मुद्दामाथिको फैसलामा ढिलाइ भएपछि सन्दीपले एसिया कप खेल्ने/नखेल्ने अनिश्चित बनेको हो । गत साउन ३२ गते पेशी तोकिएको भए पनि न्यायाधीशले सुनवाइ स्थगित गरिदिएका थिए ।अदालतबाट सफाइ पाएर एसिया कप खेल्न जाने मनस्थितिमा रहेका सन्दीप फैसला पछि धकेलिएपछि तनावमा परेका छन् । निकट स्रोतका अनुसार उनले एसिया कप खेल्ने/नखेल्ने दुई–तीन दिनमा निधो हुने छ । क्यानले भने उनी जसरी पनि एसिया कप खेल्न जानुपर्नेमा जोड लगाइरहेको छ ।क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप केही अस्वस्थ भएकाले बन्द प्रशिक्षणमा सहभागी नभएको बताए । भोलि टिमसँग नगए पनि उनले एसिया कप खेल्ने चन्दको विश्वास छ । ‘हामी सन्दीपसँग कुरा गर्दैछौं । उसले जस्तो परिस्थितिमा पनि देशका लागि खेल्नैपर्छ र खेल्छ भन्ने विश्वास छ,’ चन्दले भने ।आज नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडीहरू पशुपतिनाथ मन्दिरमा पुगेर आशीर्वाद लिएका छन् । सन्दीप भने गएका थिएनन् ।साभार : नेपाल प्रेस

आन्दोलन स्थगित गरी वार्तामा आउन Gen-Z लाई प्रधान सेनापतिको ..
काठमाडौं ,भदौ २४ गते । प्रधान सेनापति अशोकराज सिग्देलले विषम परिस्थितबाट राष्ट्रलाई शान्तिपूर्ण रूपमा निकास दि..
15 घन्टा पहिले
प्रधानमन्त्री ओलीले दिएको राजीनामा स्वीकृत
काठमाडौं ,भदौ २४ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।&..
15 घन्टा पहिले
मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयकाे पुष्टि, ..
काठमाडौं , भदौ २३ गते । आइतबारको प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या १९ पुगेको गृह मन्त्रालयले पुष्टि गरेको छ ..
2 दिन पहिले
गृहमन्त्री लेखकले दिए राजीनामा
काठमाडौं , भदौ २३ गते। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार जेनजीको गरेको प्रदर्शनका क्रममा प..
2 दिन पहिले
काँग्रेसले सामाजिक सञ्जाल बन्दबारे सरकारसँग छलफल गर्ने
काठमाडौँ ,भदौ २२ गते । प्रमुख सत्ता साझेदार दल नेपाली काँग्रेसले सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने सरका..
3 दिन पहिले